काठमाडौ २, बैशाख ।
नेपाल डेरी एसोसिएसनले सातै प्रदेश अध्यक्षहरुसग भिडियो कन्फ्रेस गरि निम्न अनुसार छ्लफल एवं निर्णय पारित गर्यो ।
देशै भरी साथै प्रदेशमा उत्पादनको ३०% मात्र दूध बिक्री भएको र किसानबाट सबै दूध उठाउन पर्ने भएकोले ठूलो समस्या भएको ले अब कुनै पनि डेरीमा सामान स्टोर गर्न सक्ने अवस्था नै नरहेको । कलेक्सन र बचारको हिसाब गर्दा हालसम्म देशैभरी दुई अर्बभन्दा बढिको दुध नोक्सान भएको तथ्यांक निक्लियो । सबै डेरीमा गरेर पाँच अर्ब सामान स्ट्क भएको बैठकबाट निस्कर्स निस्कियो ।
प्रया सबै ठाउँमा सामन ओसारपसार गर्न दिए पनि कर्मचारी आउजाउ गर्न र पसल खोल्न समस्या भएको छ ।
यसै गरि दूध कलेक्सन गरिरहने र बजार नबढ्ने हो भने अब उद्योग बन्द गर्नुको बिकल्प नभएको सबैको भनाई।
# किसानको भुक्तानी दिन, कर्मचारीको तलब दिन समस्या र घरबेटीको छुट भनेपनी सो कुरा लागू गर्न कठिन ।
# दुधको चक्र लामो भएकोले रोग सर्ने सक्ने उच्च सम्भावना र सोको सतर्कता अपनाउन सरकारबाट उचित कदम तत्काल आबस्यक । उद्योग रहेको टोलछिमेकमा अहिले नै आउजाउ गर्न समस्या आउन सुरु किन कि हाम्रा स्टाभहरु बचार गएर आउछन अनि रोग ल्याउने हुन कि भनेर स्थानीयबाट समस्या
# अब सरकारले बेलैमा उचित राहतको घोषणा नगरे धेरै उद्योग र किसान पेशाबाट पलाएन हुनेछन् । राहतमा जस्तै जिरो ब्याजमा लोन, भ्याट कर छुट, किसानलाई तत्काल पशुलाई खुवान दानाको ब्यवस्थापन गर्न पर्ने , दूध खेर जादा त्यसको उचित ब्यस्था हुने पर्ने ।
# देशदेखि विश्व नै सकट्मा परेको बेला हामी सबै मिलेर यो सकट्मा राज्यले चालेका हरेक कदमलाई साथ दिई अगाडी बढ्ने गरि निर्णय गरियो ।
बाग्मती प्रदेश सरकारले राहत प्याकेजमा आधा केजि घिउ समाबेश गराउने कुराले किसान र उद्योगिलाई थोरै भए पनि राहतइल्ने छ । किन कि बिक्री नभएर धन्किएको घिउ बिक्री हुनेछ र किसानको भुक्तानी दिन थोरै भए पनि नगत आउने छ, स्टोर खाली हुनेछ र सामान खेर जानबाट बच्ने छ । यसको लागि प्रदेश सरकारलाई विशेष धन्यवाद दिदै अरु प्रदेश सरकारलाई पनि यसै गरि राहत प्याकेजमा घिउ समाबेश गर्न अनुरोध गर्ने निर्णय गरिएको
महासचिव प्रल्हाद दाहाल जानकारी दिनु भयो ।