भकारी को अवस्था
कलिलो बिहानीमा
दशै आउथ्यो
मिठो वासना
नयाँ नाना
आशाको चिची अनि
कल्पनाको पापा बोकेर
थिएन कसैलाइ कमि
अन्नपात
नुनतेलको
किनकी
जिम्बाल बा तेसै भन्थे
उनको भकारी हेरेर।
अहिले
हाहाकार को चाड आएको छ
बाहिर निस्किन कठिन छ
चुलो नबलेपनि
भान्छा नचलेपनी
गुफा बस्नु नै छ
भोकले कोही मर्नेछैन
किनकी
गोदाम भरिएको छ
भन्दैछन
आजका जिम्बाल बा ले पनि ।
शम्भु गजुरेल
नुवाकोट