• भारतमा भाइरसको संक्रमित संख्या १० हजार नाघेयो

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार ०९:११

    काठमाडौ ३ वैशाख । भारतमा कोरोना भाइरस संक्रमितको संख्या १० हजार नाघेको छ । बितेको २५ घन्टामा त्यहाँ १४ सय नयाँ संक्रमित पत्ता लागेको छ । यो अहिलेसम्मकै सर्वाधिक वृद्धि हो ।
    कोरोना भाइरसको संक्रमित संख्या १० हजार ८ सय १५ पुगेको छ । त्यहाँ कुल ३५३ जनाको मृत्यु भइसकेको छ । बितेको २४ घन्टामा कोरोना संक्रमणका कारण २९ जनाको मृत्यु भएको छ ।
    भारतमा २१ दिनको लकडाउन अवधि सकिएपछि फेरि १९ दिन लकडाउन थपिएको छ । आजबाट नयाँ लकडाउन शुरु भएको छ । तर, लकडाउन अवधि लम्ब्याइएकै दिन सर्वाधिक संक्रमित र मृत्यु भएको छ।
    रिपोर्टस नेपाल

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु