तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

कोरोनाभाइरस सर्टमूवी अनसिन इनेमीमा एक अभिनेताको चार अभिनय

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ बैशाख ३ गते, बुधबार ९:५६

काठमाडौं। कोरोनाभाइरसवाट बच्ने र बचाउने उपाय सहितको अत्यन्त सन्देशमूलक सर्टमुवी तयार भएको छ। जसको नाम अदृश्य शत्रु अर्थात अनसिन इनेमी राखिएको छ। बेलायतमा बसोबास गर्दैआएका नेपाली चलचित्र उद्योगका प्रतिभाशाली अभिनेता मनिष कुमार श्रेष्ठको सूचनामूलक बेजोड अभिनय रहेको अनसिन इनेमीमा रहेको छ। एक अभिनेता मनिष कुमार श्रेष्ठले चार पात्रको भूमिकामा बेग्लाबेग्लै अभिनय गरेर गजबले प्रस्तुत गर्ने कार्य निर्देशक तथा सम्पादक आशिष श्रेष्ठले गरेका छन्। १८ बर्षको भर्खरको तन्नेरी उमेरमा पुगेका ज्यादै प्रतिभाशाली निर्देशक तथा सम्पादक आशिष श्रेष्ठको कडा मेहनतको प्रस्तुतिको रुपमा यो सटमुबी देखिएको छ। बेलायतमा फिल्म इञ्जिनियरिङ संवन्धी नै हाल अध्ययनरत आशिष श्रेष्ठले यसअघि विभिन्न म्युजिक भिडियो तथा एड प्रडक्टहरुमा पनि आफूभित्रको प्रतिभालाई प्रस्तुत गरिसकेका छन्। अभिनेता मनिष कुमार श्रेष्ठको सुपुत्र आशिष श्रेष्ठले पितालाई चार भूमिकामा प्रस्तुत गरेर आफूभित्रको क्यामेरा फ्रेमिङ, निर्देशन र सम्पादनको पहिचान दिने कार्य भएको छ। विश्वभर स्वास्थ्य क्षेत्रमा ज्यानको पर्वाह समेत नगरिकन लागिरहेका महान स्वास्थ्यकर्मीहरुलाई समर्पित गरेर निर्माण गरिएको सर्टमुवी अनसिन इनेमीको प्रस्तुतकर्ता इनास युके एवम् प्रतिभा नक्षत्र युके रहेको छ। प्रोडक्सन अनु श्रेष्ठ (गोर्खा क्लब परिवार), प्रड्युसर आयुषा श्रेष्ठ र आयुष्मा श्रेष्ठ रहेको छन्।
प्रस्तुत छ–ज्यादै सन्देशमूलक सर्टमुवी अनसिन इनेमी

प्रकाशन मिति–२०७७ साल बैशाख ३ गते बुधवार ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु