काठमाडौं,बैशाख ३- जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमण बढ्दै गएपछि सवारी पासमा कडाइ गरेको छ ।
लकडाउनका बेला अत्यावश्यक परेको भन्दै सवारी पास बनाउन मानिसहरू कार्यालयमा भीड लागेपछि प्रशासन कार्यालयले बुधबार एक सूचना जारी गर्दै कडाइ गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालद्धारा जारी सूचनामा परिवारको सदस्यको मृत्यु संस्कारमा जाने व्यक्तिहरूबाहेक अन्य प्रयोजनका लागि सवारी पास जारी नहुने व्यहोरा उल्लेख छ।
सवारी पासको माग अत्याधिक बढ्नुका साथै भीडभाड हुन गई लकडाउनसमेत उल्लंघन हुने अवस्था सिर्जना भएकोले आजैदेखि पास बन्द गरिएको जनाइएको छ ।