‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबीBishal Milan Kendra vs. Tribhuwan Army Club: An Epic Battle Ends with Tribhuvan Army Club Emerging Victoriousरोयल इनफिल्डको Hunter Hertiage Ride 2023 आयोजना

लकडाउन उलंघन गर्नेलाई म्यान क्याचरवाट कारवाही गर्न प्रहरीलाई क्याचर हस्तान्तरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ बैशाख ३ गते, बुधबार २१:१४

काठमाडौं। नेपालमा लगातार जारी लकडाउनको अवस्थामा लकडाउन उलंघन गर्नेहरुलाई नेपाल प्रहरीले क्याचर गरेर कारवाही गर्ने कार्यमा तिव्रता ल्याएको छ।
त्यसरी क्याचर गरेर कारवाहीलाई सहज र सरल बनाउन महानगरीय प्रहरी बृत कमलपोखरी मालीगाउंलाई म्यान क्याचर स्टील प्रदान गरिएको छ। ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपाल, काठमाडौं जिल्ला ग्रिल तथा स्टिल व्यवसायी संघ नेपालले सामुदायिक प्रहरी सेवा केन्द्र नक्सालसंगको सहकार्यमा ११ थान म्यान क्याचर स्टिल प्रदान गरिएको हो।
बुधवार आयोजित कार्यक्रममा ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले महानगरीय प्रहरी वृत्त मालीगाउँका प्रमुख प्रहरी नायव उपरीक्षक भरत बहादुर बिकलाई हस्तान्तरण गरिएको छ। हस्तान्तरण कार्यक्रममा ग्रिल तथा स्टिल व्यवसायी महासंघका सचिव समसुदिन शेख, काठमाडौं जिल्ला सह–सचिव भरत लामिछाने , सामुदायिक सेवा केन्द्रका अध्यक्ष नरेन्द्रवहादुर श्रेष्ठको लगाएको विशेष उपस्थिति रहेको थियो।
म्यान क्याचर स्टिलको प्रयोगले लकडाउन उलंघन गर्नेहरुलाई सहज रुपमा क्याच गरेर कारवाही गर्न मिल्ने मात्र नभइकन यसले सामाजिक दूरी कायम गरेर कोरोनाभाइरसको संक्रमण फैलिनवाट रोक लगाउने विश्वास गरिएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु