
सधैँ अरुलाई उपदेश दिने मान्छे
आज निरीह भएको छ
उ संग आफन्त छैनन्
साथि संगी छैनन्
मान्यजनहरु छैनन्
यति सम्म की
उसका आफ्नाहरु
सवै अलग–अलग
शिवोहँ भन्ने मान्छे
पूणरुपेण एक्लो,नित्तान्त एक्लो ।
(१)
यो एकान्त वासमा
ऊ साधु भयो
उपदेशक भयो
एक्लै आएको बुझ्यो
एक्लै जानुपर्ने स्विकार गर्यो
तर पनि
दिमागबाट कमाउने शव्द फाल्न सकेन
देवता वन्ने सकेन
राक्षस भयो मान्छे ।
(२)
शङ्कटमा एकसाथ हुन
सहयोगि हनै सकेन ‘ मै लाउँ मै खाउँ ’
युधिष्टिर वन्नै सकेन
शङ्कटलाई कमाउ धन्दा
ऐश्वर्य जुटाउने साधन
वेइज्जति कमाउँदा पनि
हाँस्न छोडेन
दुर्योधधन भयो मान्छे ।
(३)
शङ्कटवाट पार भए पछि
आफन्त, साथिसंगी
मान्यजन चाहिन्छ
सम्झन लायक काम गर्नु पर्छ
इतिहास वनाउनु पर्छ
राम वन्नै सकेन
सोच्नै सकेन
पदको आडमा
मान्छे, मान्छे वन्नै सकेन
रावण भयो मान्छे ।
(४)
समय परिवर्तनशील छ
यसपाला नआएको वसन्त
अर्को वर्ष अवश्य आउँछ
वगैँचा ढकमक्क हुन्छ फूलहरुले
त्यो वगैँचामा आफ्नो अस्तित्व
खोज्नु पर्ने अवस्था
सोच्नै सकेन
निर्घिणी भयो मान्छे
निर्दयी भयो मान्छे ।
—आर्यालय


