आगामी चैतसम्म तीन करोड मात्राभन्दा बढी कोरोना विरुद्धको खोप ल्याउने तयारीअसोज दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने प्रक्षेपणसुनको चुरा’ बोलको तिज गीत सार्वजनिकचाँडै नै श्रद्धा रोमान्टिक फिल्म ‘चालबाज इन लन्दन’ मा देखिनेसमाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाईआज मिति २०७८ साउन १२ गते, मंगलवारको राशिफलमन्त्री कार्की समक्ष चेम्वर प्रतिनिधि मण्डलद्धारा सुझाव प्रस्तुत, कोरोना महामारीका कारण पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको प्रष्टोक्तीएनआरएनए एनसीसी यूएईको अध्यक्षमा कार्यबाहक अध्यक्ष निरन्जन सिलवालले उम्मेदवारी घोषणापछिल्लो घण्टामा देशैभरी ३,४२१ जना कोरोनाका नयाँ संक्रमित थपिएआयुषको'तिमी र म'मा ग्रेसी (भिडियो )
  • दुग्ध किसान लाई राहत सहित पाँच बुदे माग

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ४ बैशाख २०७७, बिहीबार १८:०८

    काठमाडौं ४ बैशाख
    विश्व नै कोरोना भाइरस बाट अक्रान्त भएको बेला नेपालमा पनि यसको ठुलो प्रभाव परेको छ। हाल सम्म १६ जना संक्रमित फेला परिसकेका छन्। नेपाल बिगत चौबीस दिन देखि लकडाउन छ । अतिआवाश्यक काम बाहेका यातायात,बिक्री केन्द्र,खुल्न सकेको छैन तर पुर्व जोखिम मोलेर दुग्धशाला देखि दुग्ध डेरीहरु जोखिम मोल्दै निरन्तर सेवा प्रदान गरिरहेका छन्।
    आज नेपाल डेरी एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटा र महासचिव प्रलाद दाहालले पाँच बुदे माग सहितको प्रेस विज्ञप्ती जारी गर्दै अहिलेको कठिन अवस्था देखि २०७२ सालको भुकम्प वा छ महिनाको नाकाबन्दी अहिलेको कोरोना भाइरसको महामारीको अवस्थामा पनि हामीले निरन्तर सेवा गरिरहेको र आम किसान,उद्योगी,कामदार सबैले आफ्नो जीवनको कुनै प्रवाह नगरि उपभोक्तामाझमा सेवा जारी नै राखिरहेको उल्लेख छ।डेरी एसोसिएसनले जारी गरेको प्रेस विज्ञप्तीको पुर्व पाठ यस्तो छ।

    नेपाल डेरी एसोसिएसनले जस्तोसुकै कठिन अवस्थामा पनि आफ्नो सेवा जारी नै राखेको छ । चाहे त्यो २०७२ सालको भुकम्प होस् वा ६ महिना नाकाबन्दी र अहिले २०७६ चैत्र ११ गतेदेखि कारोना भाइरस । कोभिड – १९ ) को कारण विश्वमा फैलिएको महामारीका कारण नेपालमा पनि लक डाउन गरिएको थियो । यो विषम परिस्थतिमा पनि हामीले आम किसान , उद्योगी , कामदार सबैले आफ्नो जीवनको कुनै प्रवाह नगरि उपभोक्तामाझमा सेवा जारी नै राखिरहेका छौं । हामीले ५ अर्वको सामान स्टक , २ अर्बभन्दा बढिको नोक्सानी लगायत अन्य धेरै कुराको घाटानाफा हिसाव नगरि आम जनतालाई दुध तथा दुग्धजन्य पदार्थको सेवा पुयाइरहेका छौँ । दुधलाई अत्यावश्यक सेवाभन्दा भन्दै पनि हाम्रा कर्मचारी , किसान र उद्योगीहरुले विभिन्न किसिमका समस्या झेल्दै आईरहेका छन् । किसानबाट उत्पादित दुध ओसारपसारमा समस्या , डेरी पसल खोल्न समस्या , कर्मचारीलाई आवतजावतमा समस्या लगायतका धेरै समस्या भएका कारण निम्नानुसार सहजीकरण गर्दा मात्र हामी हाम्रा उद्योग निर्वाध संचालन गर्न सक्छौं । अन्यथा हामी हाम्रा उद्योग बन्द गर्न वाध्य हुने छौ ।

    १ . डेरी उद्योगमा गोठदेखि ओठसम्मको चकमा कोरोना ( कोभिड – १९ ) भाइरसको संक्रमणबाट बच्नको लागि आजसम्म हामीले आफ्नो साधन श्रोत परिचालन गरि जे जति सक्यौ त्यो गयौ । अब आउने दिनहरुमा आवश्यक सामग्री – मास्क , सेनिटाईजर , पञ्जा ) आदिको व्यवस्था सहित WHO को मापदण्ड अनुरुप जानकारी सहित सन्देश , प्रचारप्रसार आदिको व्यवस्था हुनुपर्ने ।

    २ . अत्यावश्यक वस्तु भनिसकेपछि देशभरि विनारोकतोक दुध तथा दुग्धजन्य पदार्थसग सलग्न सबैलाई सहज रुपमा उचित पासको व्यवस्था गरिनुपर्ने । ।
    ३ . दुध अरु वस्तुभन्दा फरक छ । आजको आजै बिकि नगरिए खेर फाल्नु पर्ने भएकोले विक्रि वितरण कार्यलाई सहज गर्नुपर्ने ।
    ४ . एक प्रदेशबाट अर्को प्रदेशमा दुध तथा दुग्धजन्य पदार्थ ढुवानीमा कुनै प्रदेशले आफ्नो प्रदेशमा आयात रोक लगाईएकोमा उक्त ढुवानी यथासिघ खुलाई किसानको उत्पादनलाई सुनिश्चित गर्न सहज गरिनुपर्ने ।
    ५ . यस्तो जोखिम परिस्थतिमा आफ्नो सेवा दिइरहेकोलाई सरकारद्वारा हौसला प्रदान गरि ढाडस दिने कार्य होस् । जस्तै – नोक्सान अनुसार अनुदान , बैंक ब्याजमा छुट , स्टक सामान राहत प्याकेजमा समावेश , खपत बढाउन सन्देश मुलक सुचना प्रवाह , स्टोरको व्यवस्था , कर , भ्याट छुटको घोषणा आदि को सरकारद्वारा तत्काल सम्बोधन गरियोस् भनी प्रेस विज्ञप्तीमा उल्लेख छ

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु