बसन्त’का दुई कृति एकसाथमिसेस नेपाल वल्र्ड–२०२३ को टप २३ प्रतिष्पर्धी सार्वजनिक‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबी

यस्तो संकट आउँछ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ बैशाख ४ गते, बिहीबार २१:५९

यस्तो संकट आउँछ

सफा सुग्घर भएर बस्नु पर्छ सधै भरी
विहान उठ्नु सबेरै नुहाउनु सफा गरी
हात मुख धुनु फेरी पूजा पाठ गरी वरी
खाजा नास्ता लिई खाउँ बनाएर मिठो गरी

धुनुपर्छ सधै आफ्ना लुगा फाटाहरु पनि
फोहोर रोगको बस्ती पखाल्नु पर्छ है भनि
घर करेसी सफाहोस सधै सुन्दर राखनुु
वाहिर बाट आउँदा हात मुख सधै धुनु

चुलो चौका सधै सफा खानु ताजा कुराहरु
मान्छेको साथमा बस्दा होसियार भईहरु
भन्ने कुरा कुनै नौलो होइन आज मात्रको
फोहोर संग होस त्रास त्यो नै हो विज रोगको

भन्ने कुरा सधैको हो अहिले मात्र के छर
किन यो कुर्लिने बाटो बनेको छ सरावर
कोरोना मात्र होईन फोहोरी यदी भो भने
अरु अनेक लाग्ने छन रोगको घर भैरने

यसैले यो कोरोनाको मात्र हल्ला पछि किन
आउ सफा र सुग्घरी हुनु पर्दछ दिन्दिन
यो लाग्छ व्यापारी हल्ला यसैको भरमा अव
धनि देश धनि हुन्छन औषधी वेचिदा सब

औषधी प्रविधि सारा उनैको भर पर्नुछ
साग मात्रै लगाउन अल्छि आएर गाँज्दछ
बाझाछन बारी ति खेत कति अन्न रऔषधी
फल्दथे बेच्दथ्यौँ त्यही खान्थ्यौँ हामी कुटी पिधी

आज छैन सबै मान्छे खाडी र देश देशमा
बारी करेशा बाँझै छन् फल्दैन मुठी यसमा
यसैले रोगको त्राश कैले गरिवीको पनि
हामीले भोग्नु भोग्दै छौ सबै छौ दुःखमा भनि

अहिले बन्द भो सारा कतै चल्न नपाईने
जान आउन क्यै छैन सवारी गड्गडाउने
यस्तो अचम्म भो विश्व ठिकै भो प्रकृति पनि
खुशीले स्वास लिईन्छ धुलो धुँवा हट्यो भनि

यसैले भई होसियार आफ्नो काम गरिरहुँ
त्राशमा बस्नु बेकार सफा सुग्घर भैरहुँ
कोरोना जान्छ धोएर हात मुख सधै भरी
यस्तो संकट आउँछ जीवनमा घरी घरी

बाबाधामको कोसेली ४ बैश २०७७
शिव अधिकारी

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु