बसन्त’का दुई कृति एकसाथमिसेस नेपाल वल्र्ड–२०२३ को टप २३ प्रतिष्पर्धी सार्वजनिक‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबी

कोरोनाका कारण काम बन्द भएका कम्पनीले पनि श्रमिकको खाने, बस्ने व्यवस्था गर्नुपर्ने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ बैशाख ५ गते, शुक्रबार ०८:४०

काठमाडौं । कोरोनाका कारण बन्द भएका कम्पनीले श्रमिकको खाने बस्ने सुविधा कटाउन नपाउने कतार सरकारले नियम ल्याएको छ । कोरोना रोकथामका लागि सरकारी निर्देशन अनुसार बन्द भएका कम्पनीले दीर्घकालीन निरन्तरताका लागि श्रमिकलाई बेतलबी बिदा दिन, वार्षिक बिदामा राख्न र काम गर्ने समय घटाउन सक्ने तर खाने, बस्ने सुविधा भने भने कटौती गर्न नपाइने निर्णय गरेको हो ।

काम बन्द नभएका क्षेत्रका श्रमिकलाई भने नियमित रुपमा करार सम्झौता अनुसार नै आधारभुत तलब सुविधा उपलब्ध गराउन पर्ने कतार सरकारको प्रशासनिक विकास, श्रम तथा सामाजिक सुरक्षा मामिला मन्त्रालयले जनाएको छ ।

क्वारेण्टीनमा परेका र सङ्क्रमित भई उपचारमा रहेको श्रमिकले भने बिरामी बिदा उवलब्ध भए पनि, नभए पनि आधरभूत तलब सुविधा पाउनेछन् ।

तर अहिलेको करार सम्झौताको आधारमा कतारको कानुन अनुसार रोजगारदाताले श्रमिकलाई पूर्व सूचना दिएर करार सम्झौता रद्द गर्न सक्नेछन् । तर यसो गर्दा श्रमिकले पाउनुपर्ने बाँकी तलब र सुविधासहित हवाई टिकटसमेत उपलब्ध गराउनुपर्ने नियम छ ।

तर करार सम्झौता रद्द गरिएका श्रमिकको हकमा पनि देश फर्कने प्रक्रिया पूरा नहुँदासम्म खानेबस्ने सुविधा रोजगारदाताले नै उपलब्ध गराउनुपर्नेछ ।

श्रम मन्त्रालयले बुधबार गरेको वर्तमान सङ्कटमा करार सम्बन्धको नियमन सम्बन्धी वक्तव्यमा यी नियम उल्लङ्घन गर्ने कम्पनीलाई कारबाही हुने जनाइएको कतारमा रहेको नेपाली दूतावासले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु