नेपाली जनसम्पर्क समिति दक्षिण भारत क्षेत्र चेन्नई मा एकै दिनमा दुई ठाउँमा राहत वितरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ बैशाख ५ गते, शुक्रबार १८:२६

भारत ।बिश्वब्यापी महामारी को रुपमा फैलिएको कोभिड-१९ को समस्याले विश्वका हरेक राष्ट्रहरू समस्या मा परेको बेला नेपाली जनसम्पर्क समिति भारतले पनि भारतमा रहेका प्रवासी नेपालीहरूको समस्यालाई मध्यनजर राख्दै केन्द्रीय अध्यक्ष एवम् ने का केन्द्रिय आमन्त्रित सदस्य बाल कृष्ण पाण्डे को पहलअनुरुप प्रत्येक क्षेत्रहरुमा कोभिड-१९ को माहामारीको समस्याबाट अलपत्र परेका तथा गास, बासको समस्या भएका प्रवासका नेपालीहरूको लागि क्षेत्रीय कार्यबहाक अध्यक्ष शिव बलायर को संयोजकत्व तथा क्षेत्रीय महिला संघ की अध्यक्ष श्रीमती सरस्वती निउरे मेडमको अध्यक्षतामा
विशेष राहतकोष को स्थापना गरियको छ । आज नेपाली जनसंपर्क समिती भारत का केन्द्रिय सङ्गठन सचिव श्री चन्द्र कान्त आचार्य तथा नेपाली जनसंपर्क समिती दक्षिण भारत क्षेत्रीय महिला संघ की अध्यक्ष श्रीमती सरस्वती निउरे ज्युको पहलमा चेन्नईको माउंट रोड नजिकै सिमसिम बस स्टप को पछाडि पट्टी यउटै कोठामा बसेका सुदुरपश्चिम प्रदेश को डोटी तथा डडेलधुरा का विभिन्न उमेर समुहका यूबा तथा वृद्ध ७६ जना लाई आज केही दिनको लागि पुग्ने राहत स्वरूप चामल दाल र तरकारी वितरण गरिएको छ भने त्यस्तै नेपाली जनसंपर्क समिती दक्षिण भारत का कार्यबाहक अध्यक्ष शिव बहादुर बलायर तथा दक्षिण शाखा समिति का अध्यक्ष दिलीप बलायर को रोहबरमा चेन्नई को पनियुर मा रहेका डोटी तथा डडेलधुरा का ५१ जना बिरोज गार मजदुर युवा हरुलाई पनि राहत वितरण गरिएको छ । उहाँहरूले आफू काम गर्ने होटल बन्द गरेर मालिक आफ्नो गाँउ गएको र आफूहरुलाई सेलरी पनि नदिएको तथा केही युवाहरु लाई होटल बाट निकालेको अहिले आएर बस्नको लागि ठाउँ दिएपनि खानको लागि मालिकले कुनै बन्दो बस्त नगरेको हुँदा आज त्यहाँ पुगेर उहाँहरुलाई चाहिने दाल चामल,नुन तेल र मसला दिँदै आबस्यक परेमा सम्पर्क गर्नुह जतिबेला पनि तपाईं हरूको समस्याको लागि सक्दो सहयोग गर्नेछौ भन्ने आश्वासन दिएका छन।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु