काठमाडौं । गैरआवासीय नेपाली संघ मलेसियाले विभिन्न सातवटा अस्पतालहरुलाई पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई) वितरण गरेको छ । संघले आफ्नो सचिवालयबाट ७ वटा अस्पताललाई ई १२५ वटा पिपिइ वितरण गरेको हो ।
उक्त वितरण कार्यक्रममा संघको तर्फबाट उपाध्यक्ष सोनाम लामा, एशिया प्रशान्त क्षेत्रका क्षेत्रीय संयोजक रोविन्द श्रेष्ठ, एसिया प्रशान्त क्षेत्रका क्षेत्रीय उप–संयोजक खगेन्द्र न्यौपाने, स्वास्थ्य समितिका उप–संयोजक शक्ति चौरसिया, प्रमुख कार्यकारी आधिकृत डा हेमन्त दबाडी र प्रमुख लेखा अधिकृत रबिना महर्जनको उपस्थिति रहेको थियो ।
पिपिइ वितरणपछि जनसवाल राष्ट्रिय दैनिकसँग कुराकानी गर्दै एसिया प्रशान्त क्षेत्रका क्षेत्रीय उप–संयोजक खगेन्द्र न्यौपानेले संघले नेपाल र नेपालीको लागि सधै आवश्यक सहयोग गरिरहने बताए । न्यौपानेले अहिलेको कोरोना भाइरस संक्रमणको गम्भीर अवस्थामा सबै एकजुट भएर कोरोना विरुद्ध लडनुपर्ने बताउँदैं संघले गरेको सहयोग उपयोगी हुने बताए ।
पिपिई बितरणपछि उपाध्यक्ष सोनाम लामा,एशिया प्यासिफिक संयोजक रोविन्द श्रेष्ठले विश्वको जुनसुकै ठाउमा रहेका गैरआवासिय नेपालीहरुलाई आ आफ्नो तर्फबाट सक्दो सहयोग गर्न आग्रह गरे । उपसंयोजक न्यौपानेले अहिलेको अबस्थामा अस्पतालमा कार्यरत डाक्टरहरुको सुरक्षालाई प्राथमिकता दिएर अस्पताललाई पिपिई वितरण गरिएको बताए उनले एनआरएनएले भावी दिनमा थप क्षेत्रमा कोरोना महामारीबाट बच्नको लागी थप साबधानिका सामानहरू वितरण गरिने बताए ।
गैरआवासीय नेपाली संघद्वारा Personal Protective Equipment (PPE) Sets वितरण
१७ अप्रिल २०२० ।
आज मिति २०७७ बैशाख ५ गते गैरआवासीय नेपाली संघले आफ्नो सचिवालयबाट ७ वटा अस्पतालहरुलाई १२५ वटा Personal Protective Equipment (PPE) Sets वितरण गरेको छ l उक्त वितरण कार्यक्रममा संघको तर्फबाट उपाध्यक्ष सोनाम लामा, एशिया प्रशान्त क्षेत्रका क्षेत्रीय संयोजक रोविन्द श्रेष्ठ, एसिया प्रशान्त क्षेत्रका क्षेत्रीय उप-संयोजक खगेन्द्र न्यौपाने, स्वास्थ्य समितिका उप-संयोजक शक्ति चौरसिया, प्रमुख कार्यकारी आधिकृत डा. हेमन्त दबाडी र प्रमुख लेखा अधिकृत रबिना महर्जनको उपस्थिति रहेको थियो l उक्त PPE हरु निम्न प्रदेशका अस्पतालहरुको लागि वितरण गरिएको हो ।
प्रदेश नं-२ मा
नारायणी अन्चल अस्पताल – २५
सगरमाथा अन्चल अस्पताल – २०
जनकपुर अन्चल अस्पताल – २०
बारा जिल्ला अस्पताल -१०
रौतहट जिल्ला अस्पताल – १०
बागमती प्रदेश मा
केन्द्रीय कारागार अस्पताल -१५
भरतपुर क्यान्सर अस्पताल – २५
सचिवालय
गैरआवासीय नेपाली संघ