
काठमाडौं। विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमणवाट बच्न र बचाउन नेपालमा पनि लकडाउनको अवस्था रहेको छ। लकडाउनका कारण विपन्न तथा बिहान बेलुकी छाक टार्न मजदुरी गरिरहेका हरुलाई जीवन निर्वाह गर्न कठिन भएको छ। धेरैजना बेखर्ची समेत भैसकेको अवस्थालाई मध्यनजर गरेर राष्ट्रिय पर्यटन पत्रकार संघ काे केन्द्रीय अध्यक्ष तथा रसुवा नुवाकोट नेपाल पर्यटन समाज का महासचिव , गन्तव्य नेपाल ग्रुपका अध्यक्ष शिव अधिकारी (अबिरल)ले बिभिन्न व्यक्तिसँगको हरूको सहकार्य मा नुवाकोट जिल्ला को तार्केश्वर गाउँ पालिका का ६ वडा मा हरूमा पटकपटक गरि हाल सम्म १४७०० मास्क केही स्यनिटाइजर र किस्पाङ गाउँपालिकाका लागि १० थान पिपिई तथा एप्रोन सेट उपलब्ध गराएको न्युजलाइन्स नेपालडट कम लाई अधिकारी ले जानकारी दिएका छन।
उत्त सामाग्री घर–घरमै पुगेर वितरण गरिएको भनेका छन।
कोरोनाभाइरसबाट बच्न र बचाउन मास्कको प्रयोग गर्न, साबुनपानीले हात धुन र व्यक्तिसँगको दुरी टाढा राख्न लगायतका अभियान पनि चलाइरहेका छन्। युवा व्यवसायी तथा समाजसेवी अधिकारी विगत लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय रहेर विभिन्न सिर्जनात्मक कार्य गर्दैआएका छन्।
प्रकाशन मिति–२०७७ साल बैशाख ६ गते शनिबार ।


