प्रकाश सपुत लाइभ इन कन्सर्ट' अष्ट्रेलियाको सिड्नीमा हुँदैएसियाली खेलकुद क्बड्डीमा नेपाल सेमिफाइनलमावीरजंङ्ग स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता’ को तयारी पूरा, पुलिस क्लबसहित नौ वटा टिम सहभागी हुनेविज्ञानका उत्कृष्ट शोधार्थी विद्यार्थी लाई अनुदाननेपाली फुडगुरू सुरेश चन्द्र बस्नेत गोल्डेन ह्याट अवार्ड बाट सम्मानितहेर्नुहोस् आज मिति २०८० साल असोज १७ गते बुधबारको राशिफलविश्व दौडाहामा रहेका एनआरएनए उपाध्यक्षको उम्मेदवार केसीलाई हङकङमा भव्य स्वागतएमसीसीका सिइओ एलिस अलब्राइट र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेटबडादशैंको साइत सार्वजनिककक्षा ११ र १२ को परीक्षा कहिले?

चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक को भित्तेपात्रो बजारमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ बैशाख ६ गते, शनिबार १०:५३

चितवन । चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाले हरेक नयाँ बर्षमा भित्तेपात्रो प्रकाशन गरे सँगै नयाँ बर्ष २०७७ को भित्तेपात्रोको पनि विमोचन गरेको छ । शनिबार भरतपुरमा एक कार्यक्रमका वीच पत्रिकाले भित्तेपात्रो बिमोचन गरेको हो । सो भित्तेपात्रो वरिष्ठ कलाकार ॠद्धिचरण श्रेष्ठले गर्नु भएको थियो । विमोचन पछि बोल्दै श्रेष्ठले यस्तो बिषम परिस्थितिमा पनि पत्रिकाले भित्तेपात्रो प्रकाशन गर्न सफल भएको भन्दै प्रशंसा गर्नुभयो । उहांँले विगत देखि नै स्थानीय स्तरमा पाठकको मन जित्न सफल यस पत्रिकाको सफलताको कामना गर्नुभयो । सो क्रममा बोल्दै पत्रिकाका महाप्रबन्धक हरि कार्की “लक्की” ले लकडाउनको कारण नयाँ बर्षमा अधिकांश संस्थाले भित्तेपात्रो प्रकाशन गर्न नसकेपनि पत्रिकाले आम पाठक, विज्ञापनदाता, शुभचिन्तकको लागि दायित्व निर्वाह गरेको बताउनुभयो । आगामी बर्षमा समेत आफ्ना नियमित प्रकाशनलाई निरन्तरता दिने बताउंँदै कार्कीले सधै आफ्ना पाठक, विज्ञापनदाता र शुभचिन्तकको साथ सहयोगको अपेक्षा गर्नुभयो । कार्यक्रममा भित्तेपात्रो बिमोचन संगै नयाँ बर्ष २०७७ सालको शुभकामना समेत आदानप्रदान गरिएको थियो । पत्रिकाका महाप्रबन्धक हरि कार्की “लक्की”को अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रिकाका स्तम्भ संयोजक प्रमुख जय पाठक (जे.पी.) ले सन्चालन गर्नुभएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु