हामी अर्को पार्टी निर्माण गर्छौं, ६ वटा मन्त्रालय लिएर सरकारमा सहभागी हुन्छौं ः मेटमणि चौधरी (भिडिओसहित)एनआरएन अष्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङको पल्ला भारी, आगामी कार्यकालका लागि अध्यक्षमा गुरुङ र रेग्मी प्रतिस्पर्धामापछिल्लो २४ घण्टामा ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टिएनआरएनए अस्ट्रेलियाको चुनाबमा एनएसडब्लुको प्रदेश सहसचिव पदमा जोशीको उमेदवारीदमौलीमा सञ्चालनमा आयो ‘लमजुङ सिद्धार्थ होटल एण्ड लज’हेर्नुस् आज के छ देशभरिको मौसम पूर्वानुमानदैब नी बोल्यो पापी होस् भनेरजुडो टोली स्विट्जरल्यान्ड जानेआज मिति २०७८ साउन १५ गते, शुक्रवारको राशिफलपछिल्लो घण्टामा देशैभरी ३,३६५ जना कोरोनाका नयाँ संक्रमित थपिए
  • लकडाउनमा ताजा हरियो तरकारी पाइएन: फोन गर्नुस् घरमा आइपुग्छ

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार ११:४६

    काठमाडौं। विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस संक्रमण विरुद्धको जारी लकडाउनमा ताजा हरिया तरकारी अव अनलाइन मार्फत घर–घरमा पुग्न थालेको छ। लकडाउनका कारण तरकारी बजारमा गएर ताजा हरिया तरकारी किन्न जान नपाएकाहरुका लागि घर–घर अनलाइन सर्भिस दिन थालेको हो।
    काठमाडौं महानगरपालिका वडा नंबर ९ स्थित पुरानो बानेश्वर चोकमा रहेको तिरुपती पिक्चर्सवाट घर–घरमा हरिया ताजा तरकारी डेलिभरी गर्ने योजनाअनुरुप तरकारी पसल खोलिएको छ। अग्रज चलचित्रकर्मी सरोज शर्माले लकडाउनको बर्तमान विषम परिस्थितिलाई मध्यनजर गरेर अनलाइन तरकारी पसल खोलेका हुन।

    कागेश्वरी मनहरा नगरपालिका वडा नंबर ८ स्थित फिजियोथेरापिष्ट सामाजिक अभियन्ता सुनिता भट्टराईको साथ र सहयोगवाट स्थापना भएको हो। जसमा फिजियोथेरापिष्ट भट्टराई र चलचित्रकर्मी शर्माको इन्भेष्टमेन्ट रहेको छ। यस कार्यमा कागेश्वरी मनहरा नगरपालिका वडा नंबर ८ गोठाटार स्थित मनमुरी कृषि सहकारी संस्थाकी अध्यक्ष जयकला बस्नेतको विशेष सहयोग रहेको चलचित्रकर्मी शर्माले भनेका छन्।

    शर्माका अनुसार, जयकला बस्नेतको गोठाटार स्थित मनमुरी कृषि सहकारी संस्थाको सदस्य हरूको कृषि फार्मवाट उत्पादित हरिया तरकारीहरु नै ल्याएर सहुलियत दरमा विक्री गर्ने कार्य प्रारम्भ भएको छ। तपाई एक कल गर्नुस्–तपाईले चाहेको हरिया तरकारी लिष्ट अनुसार सामाजिक दूरी कायम गरेर घर–घरमा पुर्याउने व्यवस्था गरिरहेको जानकारी शर्माले दिएका छन्।

    तपाईहरु पनि काठमाडौंमा हुनुहुन्छ भने, हरिया तरकारी अर्डर गर्नका लागि निम्न फोन नंबरमा सम्पर्क गरिहाल्नुस्–9841304764 / 9843383566 / 9845136551

    प्रकाशन मिति–२०७७ साल बैशाख ६ गते शनिवार ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु