आगामी चैतसम्म तीन करोड मात्राभन्दा बढी कोरोना विरुद्धको खोप ल्याउने तयारीअसोज दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने प्रक्षेपणसुनको चुरा’ बोलको तिज गीत सार्वजनिकचाँडै नै श्रद्धा रोमान्टिक फिल्म ‘चालबाज इन लन्दन’ मा देखिनेसमाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाईआज मिति २०७८ साउन १२ गते, मंगलवारको राशिफलमन्त्री कार्की समक्ष चेम्वर प्रतिनिधि मण्डलद्धारा सुझाव प्रस्तुत, कोरोना महामारीका कारण पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको प्रष्टोक्तीएनआरएनए एनसीसी यूएईको अध्यक्षमा कार्यबाहक अध्यक्ष निरन्जन सिलवालले उम्मेदवारी घोषणापछिल्लो घण्टामा देशैभरी ३,४२१ जना कोरोनाका नयाँ संक्रमित थपिएआयुषको'तिमी र म'मा ग्रेसी (भिडियो )
  • ललितपुर हरिसिद्धिका श्रमिकलाई चैतन्य जागृति महिला समूहले दियो राहत

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ६ बैशाख २०७७, शनिबार १३:५२

    ललितपुर, ५ वैशाख – चैतन्य जागृति महिला समूहले ललितपुरको हरिसिद्धिका ४० परिवार श्रमिकलाई राहत वितरण गरेको छ। आर्थिक अवस्था कमजोर रहेका श्रमिक र मजदुर परिवारलाई महिला समूहले राहत वितरण गरेको हो।
    चैतन्य जागृति महिला समूहकी सदस्य एवम् सामाजिक अभियन्ता रेशमा बानुको नेतृत्वमा हरिसिद्धिका ४० घरका एक सदस्यभन्दा धेरै परिवार सदस्यलाई राहत वितरण गरिएको हो।
    सामाजिक अभियन्ता एवम् चैतन्य जागृति महिला समूहकी सदस्य रेशमा बानुले आर्थिक अवस्था कमजोर रहेका परिवारबाट आफूलाई राहत नपाएको गुनासो आएपछि राहत वितरण गरेको बताइन्।
    ‘केही परिवारले राहत पाएको र केही परिवारले नपाएको जानकारी आयो, त्यसपछि महिला दिदीबहिनीहरूसँग सल्लाह गरेर राहत वितरण गरिएको हो,’ बानुले भनिन्, ‘भोकै बस्नुपर्ने अवस्था आउनु भएन भनेर नै हामीले राहत वितरणको पहल गरेका हौँ।’
    सरकारको तर्फबाट कम्तिमा लकडाउनको अवधिभर पुग्ने राहत सामग्री वितरण गर्नु पहल हुनुपर्नेमा सामाजिक अभियन्ता बानुको जोड छ।
    ‘सरकारले, राज्यले चाहेमा गर्न नसक्ने कार्य केही हुँदैन, सरकारले अगुवाइ गर्ने तथा सामाजिक र आर्थिकले सरकारलाई सहयोग गर्ने हो भने कुनै पनि नेपालीले भोको हुनुपर्दैन,’ बानुले भनिन्।
    ४ जनाभन्दा बढी सदस्य रहेको परिवारलाई २५ किलोको एक बोरा चामल, दुई किलो दाल, एक किलो चना, एक लिटर तेल, दुई किलो चिउरा वितरण गरिएको समूहकी सदस्य पुनम थपलियाले जानकारी दिइन्।
    ललितपुरको हरिसिद्धि श्रमिक र मजदुरहरू धेरै भएको इलाका हो। ललितपुर वडा नम्बर २८ ले राहत स्वरूप पाँच किलोग्राम चामल तथा अन्य केही सामग्री वितरण गरेको थियो।
    तर, श्रमिकहरूले सरकारी राहत अपर्याप्त रहेको गुनासो आएको र यसलाई सम्बोधन गर्न मानवअधिकारकर्मी तुलसीदास थापाले माग गरेका छन्।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु