बसन्त’का दुई कृति एकसाथमिसेस नेपाल वल्र्ड–२०२३ को टप २३ प्रतिष्पर्धी सार्वजनिक‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबी

चितवनका सुनचांँदी व्यवसायीद्धारा विपन्नलाई दैनिक एकछाक खाना

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ बैशाख ७ गते, आईतवार १५:२०

सूर्यप्रसाद अधिकारी, बैशाख ७, चितवन । लकडाउनको समयमा भोकै रहेका विपन्न, सडक बालबालिका, जोगी, र दैनिक ज्याला मजदुरहरुलाई चितवनका सूनचांँदी व्यवसायीहरुले दैनिक एकछाक खाना खुवाउन शुरु गरेका छन । चितवनका सुनचांँदी व्यवसायीसंँग सम्बद्ध ४ वटा संस्थाको समन्वयमा चैत्र २९ गतेदेखि भोजन खुवाउन शुरु गरिएको हो ।
लकडाउनको समयमा खाना नपाएर भोकै रहेका त्यस्ता वर्गलाई मानवीय धर्म निर्वाह गर्ने उद्धेश्यले दैनिक खाना खुवाउने अभियान शुरु गरिएको नेपाल सुनचांँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष विपिन रामुदामुले बताए । ‘लकडाउनको समयमा राज्यसमेत उदासीन छ ,उनले भने, हामीले मानवीय धर्म र सामाजिक उत्तरदायित्व बहन गरेका हौं ।’ उनका अनुसार दैनिक १२५ देखि १४० जनालाई त्यस्ता बेसहारालाई खाना खुवाईदिदै आइएको छ ।
पहिलो चरणमा बैशाख १५ गतेसम्म बिहानको खाना खुवाइने र लकडाउन लम्बिदै गएपनि भोजन खुवाउने कार्यलाई निरन्तरता दिइने संयोजक समेत रहेका रामुदामुको भनाई छ । हाल ती संस्थाले उद्योग वाणिज्य संघ, चितवनको परिषरमा भोजन वितरण गरिरहेको छ । महामारीको त्रास र जोखिमलाई मध्यनजर गरी होलबडी सेनिटाइजिङ्ग र सामाजिक दुरी कायम गरी दिनहँु खाना दिईदै आइएको सुनचाँदी बचत तथा ऋण सहकारी संस्था चितवनका अध्यक्ष बाबुराम रामुदामुले बताए ।
मागेर सम्म खान नसक्ने, एकछाक पनि खान नपाउने व्यक्तिहरुलाई खान खुवाउंँदा समाजमा सकारात्मक सन्देश जाने उनको भनाई छ । संस्थामा कोष रकम अभाव भएपनि यस कार्यलाई निरन्तरता दिने अर्का व्यवसायी निलेनमान शाक्यले बताए । ‘कोषको रकम अभाव भएपनि , लकडाउन थपिएपनि हामी व्यवसायीले व्यक्तिगत पहलमा खाना खुवाउंँछौ’ उनले भने ।
खाना खुवाउन थालेपछि दैनिक दिनहुंँ त्यस्ता व्यक्ति बढिरहेकोले सोही अनुसार प्रबन्ध गरिएको सुनचाँदी व्यवसायी संघ, चितवनका उपाध्यक्ष रुवीन रामुदामुले बताए । ‘आज ९ दिनसम्म १हजार १सय ५ सहभागी भईसकेका छन ।’ उनले भने , दैनिक खाना खाने पनि बढिरहेका छन । ’
उनका अनुसार चारवटै संस्थाको कोष रकम बाट उनीहरुलाई भोजन वितरण गरिएको छ । हाल नारायणगढ बजार वरिपरि रहेका त्यस्ता व्यक्तिहरुलाई लक्षित गरी खाना खुवाईएको हो । नेपाल सुनचांँदी व्यवसायी सघ चितवन, सुनचांँदी वचत तथा ऋण सहकारी संस्था, विश्वकर्मा बचत तथा ऋण सहकारी संस्था र विश्वकर्मा सुनचांँदी व्यवसायी सञ्जालको संयुक्त पहलमा सो अभियान सञ्चालन गरिएको हो । उक्त अभियानमा व्यवसायी उत्सव खाती, विकास वर्मा, रमेश सदाशंकर, अमृत सदाशंकर लगायतको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु