शिक्षा विधेयकको विरोधमा शुक्रबार तेस्रो दिन पनि शिक्षकहरुले प्रदर्शन जारीअबदेखि भाइबरबाट पनि बससेवाको अनलाइन बस टिकट काट्न सकिनेविश्व विद्यालय दूध दिवसको अवसरमा कविता प्रतियोगिता गराइने "NeBA and Li-Ning Company Host Farewell for Women's 3x3 Basketball Teamआश्विन ५ गते शुक्रबार : यस्तो छ तपाईंको आजको राशिफलसनातन हिन्दु धर्मको रक्षागर्नु हाम्रो जिम्मेवारी हो : रामबाबाप्रोलिफिक स्कुलको आयोजनामा छात्र फुटसल प्रतियोगिता २०८० को पुरस्कार बितरणभोट गर्न सबैमा गणेश श्रेष्ठको अनुरोधअसोज १० गतेदेखि फर्निचर एक्स्पो सुरु हुँदै, आर्थिक कृयाकलाप चलायमान बनाउने अपेक्षानिक्षेप तथा कर्जा सुरक्षा कोर्षको भूमिका महत्वपूर्णः अर्थमन्त्री डा. महत

लकडाउनमा इमरजेन्सी अस्पताल जानु परेमा १०२ मा फोन गर्नुस्–काठमाडौं महानगरमा निःशुल्क एम्बुलेन्स सेवा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ बैशाख ८ गते, सोमबार ०७:४९

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोग सञ्चालित निःशुल्क आकस्मिक एम्बुलेन्स सेवाले लकडाउन अवधिमा हृदयघात, मृगौला रोगीलगायतका विरामीलाई अस्पतालसम्म लैजान–ल्याउनका लागि प्रभावकारी सेवा दिइरहेका छन्।
काठमाडौँ महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले लकडाउनका बेला हृदयघात, मृगौला रोगीलगायतका महानगरबासीहरुलाई आकस्मिक निःशुल्क एम्बुलेन्स सेवा दिने उदेश्यले लकडाउन अवधिभर २४ सै घण्टा सेवा दिने व्यवस्था मिलाएको बताएका छन्।

‘आफ्नो निवासबाट अस्पतालसम्म, एक अस्पतालदेखि अर्को अस्पतालसम्म वा अस्पतालबाट बिरामीको घरसम्म लैजान–ल्याउन निशुल्क एम्बुलेन्स सेवाको सुविधा उपलब्ध छ,’ मेयर शाक्यले ‘लकडाउनको अवधिमा महानगरमा बसोवास गर्ने त्यस्ता विरामीलाई सार्वजनिक यातायातको सवारी साधन उपलब्ध नभएको अवस्थामा अस्पतालसम्म लैजान–ल्याउन समस्या भए काठमाडौँ महानगरपालिकाले हटलाइन नम्वर ११८० मा सम्पर्क गर्न आग्रह गर्दछु ।’ भनेका छन्।
हाल पाँचवटा एम्बुलेन्सले चावहिल, बौद्ध, बालाजु, स्वयम्भू, लाजिम्पार्ट, अन्तराष्ट्रिय विमानस्थल, कोटेश्वरगायतका स्थानबाट निःशुल्क एम्बुलेन्सले सेवा दिइरहेका छन् । काठमाडौँ महानगरपालिकाले कोरोना संक्रमणको सम्भावना भएका विरामी अस्पतालसम्म लैजान समस्या भए उनीहरुलाई सेवा दिन भन्दै काठमाडौँ महानगरपालिकाकै सहकार्यमा सञ्चालिन नेपाल एम्बुलेन्स सेवालाई यस अघि नै तयारी अवस्थामा राखेको छ। उक्त सेवा लिनका लागि १०२ नंवरमा सम्पर्क गर्न सकिने पनि मेयर शाक्यले जानकारी दिएका छन्।
एम्बुलेन्स चालक संघ, नेपाल (काठमाडौं जिल्ला कार्य समिति) का अध्यक्ष गणेश सापकोटाले सेवा सुरु गरेको ६ दिनमै १ सय ५० बढीलाई सेवा दिएको बताएका छन्। मुख्य गरेर डाइलोसिस गर्नुपर्ने विरामी, मुटुरोगी, सुत्केरी व्यथा लागेकालगायतका विरामीलाई प्राथमिकतामा राखेर पाँच ओटा एम्बुलेन्सले तीन सय बढी पटक शनिवारसम्म दिइसकेको सापकोटाले भनेका छन्।
सापकोटाले सम्झौता अनुसार कार्यक्षेत्र महानगरपालिका भित्र मात्रै भएपनि महानगरपालिका क्षेत्र बाहिर र उपत्यका बाहिरबाट पनि विरामीहरुले सम्पर्क गर्ने गरेको भन्दै त्यस्ता फोन दैनिक पचास बढीका आउने गरेको बताए। महानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित पाँचवटा एम्बुलेन्सले मुख्य गरेर महानगरपालिका क्षेत्र भित्रका विरामीलाई बढी प्राथमिकता दिने गरेका छन् ।
चक्रपथ बाहिर दुई किलोमिटरसम्मका विरामीलाई समेत वीर अस्पताल, टिचिङ अस्पताल, बालाजुको इाइलोसिस सेन्टरलगायतका स्थानसम्म लैजाने र ल्याउने गरेको सापकोटाको भनाई छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु