ललितपुर। नेपाली सेनावाट अवकाश प्राप्त नेपालको पहरेदार सैनिक सन वहादुर पयाङ्गु लिम्बुको दुःखद निधन भएको छ। लामो समय नेपाली सेनामा कार्यरत रहेर अवकाश पश्चात सामाजिक सेवामा पनि तल्लिन लिम्बुको ९३ बर्षको उमेरमा सोमवार निधन भएको हो। ललितपुरको महालक्ष्मीस्थान निवासी लिम्बु नामी साप्ताहिक पत्रिकाको ललितपुर संवाददाता तथा बजार व्यवस्थापक नारायण लिँखा देवानका ससुरा हुन। भिजन संसार डटकम तथा न्यूजलाइन्सनेपाल डटकमका पनि सहधर्मी पत्रकार देवानका अनुसार, लिम्बुको आज सोमवार नै पशुपति आर्यघाटमा धार्मिक परम्परा अनुसार दाहसंस्कार गरिएको छ। शोक सन्तप्त सहधर्मी पत्रकार देवान तथा लिम्बु परिवारलाई भिजन संसार डटकम र न्यूजलाइन्सनेपाल डटकमको हार्दिक समवेदना!
प्रकाशन मिति–२०७७ साल बैशाख ८ गते सोमवार ।