• जिन्दगी टक्क रोकिएको छ

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार २१:४०

    हामी वन्दावन्दीमा छौँ
    जिन्दगी टक्क रोकिएको छ
    मनै त हो बहकिन्छ
    भर्खरै वसन्तले पालुवा लाई छोएर गयो
    जे जस्तो होस्
    वसन्त आफ्नो समयमा आउँदोरहेछ
    कोपिला फूलमा परिण्त हुँदैछ
    शायद यसैलाइ समयचक्र भन्छन् ।

    (१)

    मेरो गमलामा
    बेगनवेली ढकमक्क छ
    मन पूर्ण रुपमा फुल्न सकेको छैन
    कता कता नमिठो टिस उठेको छ
    मस्तिष्क स्थिर छैन
    शायद यो पनि समयोको खेल हो ।

    (२)

    वाँच्ने आश अझै मरेको छैन
    हामी वाँचन र वचाउन सक्षम छौँ
    ज्यान त पशुले पनि पाल्छ
    मोहबाट ऊ पनि अलग छैन
    शिकार गर्छ वालवच्चालाई खुवाउँछ
    मान्छे सामाजिक प्राणी
    ऊ होइन परक यत्ति हो
    जन्मनु मर्नु सिृष्टीको नियमित प्रकृर्या हो
    यो संग जिवजन्तु, मानव
    कसैको गुनासो छैन ।

    (३)

    सुत्केरि गर्भवति सर्व
    म मा आश्रीत छन्
    कुनवेला आउँछ
    मझेरिमा आँखा विच्छ्याइ रहन्छन
    म मात्र माध्यम
    कर्ता होइन मात्र कारण
    आश भन्ने चिज पनि अचम्को हुँदो रहेछ
    ती असहाय
    मेरै पर्खाइमा
    अञ्कर्ता अञ्जली
    म कारण
    यसरि नै दिनचर्या चलिरहेछ
    शायद यो पनि श्रृष्टिकै प्रकृर्या हो
    —आर्यालय

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु