प्रकाश सपुत लाइभ इन कन्सर्ट' अष्ट्रेलियाको सिड्नीमा हुँदैएसियाली खेलकुद क्बड्डीमा नेपाल सेमिफाइनलमावीरजंङ्ग स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता’ को तयारी पूरा, पुलिस क्लबसहित नौ वटा टिम सहभागी हुनेविज्ञानका उत्कृष्ट शोधार्थी विद्यार्थी लाई अनुदाननेपाली फुडगुरू सुरेश चन्द्र बस्नेत गोल्डेन ह्याट अवार्ड बाट सम्मानितहेर्नुहोस् आज मिति २०८० साल असोज १७ गते बुधबारको राशिफलविश्व दौडाहामा रहेका एनआरएनए उपाध्यक्षको उम्मेदवार केसीलाई हङकङमा भव्य स्वागतएमसीसीका सिइओ एलिस अलब्राइट र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेटबडादशैंको साइत सार्वजनिककक्षा ११ र १२ को परीक्षा कहिले?

विश्वभर कोभिड-१९को संक्रमणबाट १ लाख ७० हजार बढीको मृत्यु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ बैशाख ९ गते, मंगलवार ०९:४३

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या अझै घट्न सकेको छैन । संक्रमणबाट विश्वभर १ लाख ७० हजार बढीको मृत्यु भएको छ ।

गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणबाट आज बिहानसम्म १ लाख ७० हजारको मृत्यु भइसकेको छ । संक्रमितको संख्या २४ लाख ८१ हजारभन्दा बढी पुग्दा ६ लाख ४६ हजारभन्दा बढी निको भएका छन् ।

पछिल्ला दिनमा कोभिड-१९ को इपीसेन्टर बनेको अमेरिकामा एकैदिन सोमबार १ हजार ९०८ को मृत्यु भएसँगै मृतकको संख्या ४२ हजार ४८३ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २७ हजार ४४० जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या ७ लाख ९२ हजार ७६ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये ७१ हजार ९४७ जना उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसको महामारीले इटालीमा मृत्यु हुने मानिसको संख्या २४ हजार नाघेको छ । सोमबार थप ४५४ जनाको मृत्युभएपछि इटालीमा मृतकको संख्या २४ हजार ११४ पुगेको हो । पछिल्लो २४ घण्टामा त्यहाँ २ हजार २५६ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १ लाख ८१ हजार २२८ पुगेको छ ।

स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले ३९९ जनाको मृत्यु भएको छ भने १ हजार ५३६ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै कोरोना भाइरसको महामारीबाट स्पेनमा मृत्यु हुनेको संख्या २० हजार ८५२ पुगेको छ । मंगलबार विहान यो समाचार तयार पार्दासम्म २ लाख २१० जना संक्रमित भएका छन् । संक्रमितमध्ये ८० हजार ५८७ जना उपचारपछि निको भएका छन् ।

फ्रान्समा २० हजार २६५ को मृत्यु भएको छ भने बेलायतमा कोरोनाले मृत्यु हुनेको संख्या १६ हजार ५०९ पुगेको छ । महामारीको सुरुवात भएको चीनमा भने आइतबारयता कसैको पनि मृत्यु भएको छैन । त्यहाँ ४ हजार ६३२ जनाको मृत्यु भइसकेको छ ।

बेलायतमा अहिलेसम्म एक लाख २४ हजार ७४३ कुल संक्रमित भएका छन् भने १६ हजार ५०९ जनाको मृत्यु भएको छ । बेल्जियममा ३९ हजार ९८३ कुल सङ्क्रमित भएका छन् भने ५ हजार ८२८ जनाको मृत्यु भएको छ । यसैबीच ८ हजार ८९५ निको भएर फर्किएका छन् ।

इरानमा ८३ हजार ५०५ कुल संक्रमित भएका छन् भने ५ हजार २०९ जनाको मृत्यु भएको छ । यसैबीच ५९ हजार २७३ निको भएर फर्किएका छन् । जर्मनीमा एक लाख ४७ हजार ६५ कुल संक्रमित भएका छन् भने ४ हजार ८६२ जनाको मृत्यु भएको छ । यसैबीच ९१ हजार ५ सय निको भएर फर्किएका छन् ।

चीनमा अहिलेसम्म ८२ हजार ७४७ कुल संक्रमित भएका छन् भने ४ हजार ६३२ जनाको मृत्यु भएको छ । यसैबीच ७७ हजार ८४ निको भएर फर्किएका छन् । नेदरल्याण्डसमा अहिलेसम्म ३३ हजार ४०५ जना संक्रमित भएका छन् भने ३ हजार ७५१ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा ४० हजार ७४३ जना संक्रमित भएका छन् भने २ हजार ५८७ जनाको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा अहिलेसम्म २२ हजार १३० जना ठिक भएका छन् । टर्कीमा ९० हजार ९८० जना संक्रमित भएका छन् भने २ हजार १४० जनाको मृत्यु भएको छ । त्यस्तै १३ हजार ४३० जना निको भएर फर्किएका छन् ।

क्यानाडामा ३६ हजार ८२९ जना संक्रमित भएका छन् भने एक हजार ६९० जनाको मृत्यु भएको छ । त्यस्तै १२ हजार ५८६ जना ठिक भएका छन् । स्विडेनमा १४ हजार ७७७ जना संक्रमित भएका छन् भने एक हजार ५८० जनाको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु