बढ्दै गएको प्राज्ञिक विचलनलाई सन्तुलनमा ल्याउन सम्पदा अनुसन्धान सदनको शुभारम्भ तथा पुस्तक विमोचनसुष्मा र अस्मिता सेमिफाइनलमाच्याम्पियनसीप एमेच्योर सदभावलाई उपाधिनेपाल भलिबल संघ र केल्मीबीच तीन वर्षका लागि नयाँ सम्झौताराष्ट्रपति रनिङ सिल्डका लागि राष्ट्रपतिलाई निमन्त्रणाजनआन्दोलन दिवसको अवसरमा चैत २४ गते आजपाले विशाल जनप्रदर्शन गर्नेग्रील तथा स्टील ब्यवसायीहरुको फुटबल महासंग्राममा सानोभर्याङ ठुलोभर्याङ इकाई विजयीआज चैत १६ गते शुक्रबार, कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफलसंचारकर्मी रिजाल सक्रिय राजनीतिमामहिला, बालबालिकामन्त्री र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट

महानगरवासिलाई काठमाडौं महानगरपालिकाको राहत बितरण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ बैशाख ९ गते, मंगलवार १६:५३

वैशाख ९, काठमाडौ । गत जनवरी देखि चीनबाट शुरु भइ अहिले विश्वभका अमेरिका , युरोप लगायत करिब २ सय १० देशमा फैलिएको कोरोना भाइरस (कोभिड —१९) महामारीबाट विश्वमा झण्डै १ लाख ७१ हजार ६५ जना व्यक्तिको मृत्यु भइ सकेको छ । विश्वभर फैलिएको यो कोरोनाको कहर अहिले नेपालमा पनि देखिएको छ । नेपालमा कोरोना संक्रमीत बिरामीको संख्या ३१ पुगेको छ भने ४ जना निको भएर घर फर्कि सकेका छन । नेपालमा पनि भाइरसका संक्रमित बिरामी भेटिए पछि नेपाल सरकारले गत चैत्र ११,२०७६ देखि लक डाउन घोषणा गन्यो र यो लक डाउनको अवधि बढदै अहिले वैशाख १५ गतेसम्म पुगेको छ । यसै क्रममा काठमाडौं महानगरपालिका प्रमुख विद्या सुन्दर शाक्यको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले कोरोना भाइरस (कोभिड १९) राहत वितरण मापदण्ड २०७६ पारित गन्यो । र अहिले महानगरले बनाएको मापदण्ड अनुसार काठमाडौं महानगरपालिकाका ३२ वटै वडाबाट गरिब दीन दुखीहरुलाई राहत वितरण गरिएको छ ।
यसै क्रममा राहत बितरणको दोस्रो चरण अन्तर्गत हिजो र आज काठमाडौं महानगरपालिका वडा नं ४ को विभिन्न ४ स्थानबाट राहत वितरण गरिएको ४ नं वडा सदस्य तथा ४ नं वडाको क्वारेन्टाइन व्ववस्थापन समिति र विपद व्यवस्थापनका संयोजक धुब त्रिपाठीले आज काठमाडौं वडा नं ४ को विभिन्न चार स्थान बाट राहत बितरण गरिएको जानकारी दिनु भयो । राहत वितरण गर्ने क्रममा परिवारको संख्या अनुसार दैनिक उपभोग्य खाद्य सामान चामल, दाल, ,नुन, चिनी, चिउरा, , तेल र आलु वितरण गरिएको छ ।
वडाले वितरण गर्ने तालिका अनुसार हिजो र आज दिनको १ बजे देखि ३ बजेसम्म ४ नं वडाको प्रतिनिधिबाट पंचकन्या गोर्खा फुडस केन्द्रबाट वडा सदस्य दीनेश महर्जनको नेतृत्वमा जम्मा ६ सय जनालाई ,धुम्बराही पिपल बोटको तृप्ति खाद्य स्टोरबाट वडा सदस्य धु्रव प्रसाद त्रिपाठीको नेतृत्वमा दुइ दिनमा जम्मा २ सय ३२ जनालाई, धुम्बहराही आनन्द नगरको लाफा स्टोरबाट वडा सदस्य कल्पना बयलकोटीको नेतृत्वमा जम्मा ४ सय जनालाई , चण्डोल भित्ते गणेश केन्द्रको बिग कन्सर्नबाट वडा सदस्य सरु अधिकारीको नेतृत्वमा जम्मा ४ सयजनालाई राहत वितरण गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु