‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबीBishal Milan Kendra vs. Tribhuwan Army Club: An Epic Battle Ends with Tribhuvan Army Club Emerging Victoriousरोयल इनफिल्डको Hunter Hertiage Ride 2023 आयोजना

वडाध्यक्ष सुवेदीको सक्रियतामा बुधबारबाट जोरपाटीमा निःशुल्क खाना खुवाइँदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ बैशाख १० गते, बुधबार ०६:२८

काठमाडौ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष नारायणबहादुर सुवेदीको सक्रियतामा बुधबारबाट जोरपाटीमा निःशुल्क खाना खुवाइने तयारी गरिएको छ । लकडाउनका कारण समस्यामा परेका नागरिकको दैनिक जीवनयापन सहज होस् भनेर वडाले चलाउने यो अभियानमा समस्या परेका जो पनि सहभागी हुन पाउने छन् ।

वडाध्यक्ष सुवेदीले वडावासीको दुःखलाई सम्वोधन गर्नु आफ्नो दायित्व भएकाले पटकपटक विभिन्न अभियान चलाउँदै आएको बताए । उनले वडामा लकडाउनका कारण धेरै नागरिक संकटमा परेकाले उनीहरुको विवरण संकलन गर्ने, राहत उपलव्ध गराउनुका साथै अन्य प्रकारका सहयोग गर्दै आएको जनाए । नयाँबस्ती, बराल पम्प र नारायणटारमा केही दिनअघिदेखि खाना खुवाइँदै आइएको छ । नेपाली कांग्रेसनिकट नेपाल दलित विद्यार्थी संघका केन्द्रीय अध्यक्षसमेत रहेका स्थानीय राजु सुनारले नागरिकको दैनिकी समस्यामा पर्दै गएकाले वडाको सक्रियतामा आफुहरुसहित स्थानीय संघसंस्थाको समन्वयमा खाना खुवाउने योजना बनाइएको बताए । उनले वडाध्यक्ष सुवेदीको सक्रियताले वडावासीमा राहत मिलेको दावी गरे ।
वडाले विभिन्न ठाउँमा पुगेर पीडितलाई राहतसँगै जनचेतना समेत बाँडेको छ । बाहिरबाट आएकाको तथ्यांक संकलन गर्ने, स्वास्थ्य परीक्षणमा सहजीकरण गर्नुका साथै अत्यावश्यक सामग्रीसमेत वितरण गरेको छ । वडाध्यक्ष सुवेदीले वडावासीले कुनै गुनासो नगर्ने गरी काम गरिरहेको दावी गरेका छन् । उनले केही समस्या परे सिधै आफूसँग कुरा गर्न पनि वडावासीलाई आग्रह गरेका छन् । उनी नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु