बसन्त’का दुई कृति एकसाथमिसेस नेपाल वल्र्ड–२०२३ को टप २३ प्रतिष्पर्धी सार्वजनिक‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबी

समस्या परे महासंघलाई सम्झनुहोस्

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ बैशाख १० गते, बुधबार १२:३९

नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको उपलब्ध पदाधिकारी तथा सदस्यहरुको भच्र्युअल कन्फ्र्रेन्स (प्रबिधिमैत्री मिटिङ) बस्यो ।
बैठकमा कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि सरकारले लकडाउन गरेयता सञ्चारमाध्य र सञ्चारकर्मीहरुको अवस्थाबारे छलफल भयो । बैठकले प्रदेशभित्रका जिल्लाहरुमा सञ्चारमाध्यमलाई परेको समस्या समाधानको सहजिकरण गर्ने र सञ्चारकर्मीहरुको दैनिकीमा लकडाउनका कारण परेको प्रभावबारे बुझेर समस्यामा परेका सञ्चारकर्मीहरुलाई आवश्यक सहयोग गर्ने निर्णय गरेको छ । त्यसको लागि जिल्लास्थित महासंघ शाखाहरुमार्फत समन्वय गरिनेछ । साथै लकडाउन अवधिमा कुनै समस्या परेमा महासंघमा खवर गर्न पनि सञ्चारकर्मीहरुलाई अनुरोध गरिएको छ ।
साथै समाचार संकलन तथा सम्प्रेषण गर्न अस्पताल तथा स्वास्थ्य केन्द्र, क्वारेन्टाइन क्षेत्र, विमानस्थल र भिडभाड भएका ठाउँको अग्रभागमा रहेर समाचार संकलन गरिरहेकाले पूर्वसतर्कता अपनाउन सबै सञ्चारकर्मीहरुलाई आब्हान गरेको छ । साथै कोरोना भाइरसका बारेमा समाचार सम्प्रेषण गर्दा सत्य, तथ्य र यथार्तपरक समाचार सम्प्रेषण गरी जनतालाई सहि सूचना प्रवाह गर्न बैठकले सबै सञ्चारकर्मीहरुलाई आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु