• संक्रमित तीन जना थपिए

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार १६:३२

    काठमाडौं, १० वैशाख । देशमा कोरोना भाइरसका संक्रमित तीन जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमित तीनजना थपिएको पुष्टि गरेको हो ।
    मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले
    २४, ६० र ७२ वर्षका पुरुषमा संक्रमण संक्रमितको संख्या ३ जना थपिएको जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोना भाइरसका संक्रमित संख्या ४५ पुगेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु