तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

पत्रकारलाई कोरोना सुरक्षा सामाग्रीका लागि सहयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ बैशाख १० गते, बुधबार १६:४९

बैशाख १० , चितवन । टाटाको आधिकारिक बिक्रेता सफल मोर्टर्स, भरतपुरद्धारा कोरोना जोखिममा पर्ने पत्रकारलाई लक्षित गरी कोराना सुरक्षा सामाग्रीका लागि सहयोग प्राप्त भएको छ ।
विश्वरभर फैलिरहेको कोराना भाईरसबाट पत्रकार समेत उच्च जोखिममा रहे कोले सहयोग गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका प्रबन्ध निर्देशक गोपाल भट्टराइले प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाललाई १५ हजार ५सय ५५ रुपैयांँको चेक हरुतान्तरण गरेका हुन ।
प्रबन्ध निर्देशक भट्टराईले स्वास्थ्यकर्मी , सुरक्षाकर्मी संँगै सञ्चारकर्मीहरु जोखिम मोलेर समाचार सम्प्रेषण गर्नुपर्ने भएकाले सहयोग गरिएको बताए । ‘पत्रकारपनि कोराना जोखिममा उत्तिकै छन भन्ने बुँझे , भट्टराइले भने , सुरक्षा सामाग्री किन्न मदत पुगोस भनेर सहयोग गरेको हो ।’
अध्यक्ष अनिल ढकालले कोरोना जोखिममा परेर फिल्ड रिपोर्टिङ गर्ने जिल्लाका पत्रकारलाई एन९५ मास्क र सेनिटाइजर वितरण गर्न लागिएको बताए । प्रेस युनियनको मंगलबार बसेको बैठकले ३ लाख रुपैयांँ बराबरको कोरोना राहत कोष स्थापना गरेको थियो । विभिन्न दाताबाट संकलित रकमबाट लकडाउनका कारण समस्यामा परेका जिल्लाका पत्रकारलाई खाद्यान्न वितरण भईरहेको उनले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु