जनताकाे भाेट किन्न सक्ने
तर
जनताको चाेट बुझ्न नसक्ने
स्वार्थी शाेषकहरुकाे भिँडमा
जनताकाे घरमा चुल्हो बल्याे बलेन
खटिप्वाल चिह्याउदै हिड्ने
बिशाल मन भएका राष्ट्रनायक नरेन्द्र
अब
कहाँ खाेजुँ म??आफनै जिन्दगी नियाल्ने खटिप्वाल
नदेखेका तिमीहरूमा
गरीबकाे झुपडी नियाल्न सक्ने दुरदृष्टि
कहाँ खाेजुँ म???
नरभक्षि लेण्डुपहरु,
राहतकाे नाममा
जनतालाई आघात चाेट दिएर
महङ्गा बिदेशी ह्विस्की
सँग पाडाेकाे मासु हसुर्दै
महलभित्र आरामकाे साेफामा दिउँसै
निदाइरहेकाे देख्छु
ए
आतककारी,भ्रष्टाचारी,
बामपंथी जत्थाहरु
तिमीहरूलाई इन्काउन्टर गर्न सक्ने
मुला काटे झैं काटे ,खुकुरी घुमाउने बलभद्र
अब
कहाँ खाेजुँ म??
लकडाउनकाे नाममा
सर्वसाधारणको लाईफ डाउन देख्छु
राेगमरीकाे त्रास र भाेकमरीकाे चपेटामा
दुनियाँ छट्पटाइरहेकाे देख्छु
अनि
महाकाली पारी अलपत्र
भएका आफ्नै छिमेकी देख्छु।
बिचरा म पनि उस्तै
निरीह भएर
टाेलाउँछु मात्र ।
३ कराेड जनता,
८० कराेडकाे राहत
अनि,जनताको हातमा
२ केजी चामलकाे झाेला भित्र
एउटा पाेकाे नुन
हेर,सराेकार विहीन सरकार
अट्टहास हासाैं कि
अश्रुधारा आशु खसाउँ
कर्णाली र काेशी पनि
नुनिलाे भए झैं महशुश गर्छु।
अन्याय र अत्याचारले सीमा नाघ्याे
अब न्याय र सदाचार
कहाँ खाेजुँ म??
जिउँदो मान्छेलाई
यमलाेक लैजाने
चण्ड मुण्ड र प्रचण्डकाे भिँडमा
सच्चा देशभक्त कहाँ खाेजुँ म???
साँच्चै
अब सच्चा देशभक्ति कहाँ खाेजुँ म???
-उषा भट्टराई (हाल जापान,टाेकियाे)