आगामी चैतसम्म तीन करोड मात्राभन्दा बढी कोरोना विरुद्धको खोप ल्याउने तयारीअसोज दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने प्रक्षेपणसुनको चुरा’ बोलको तिज गीत सार्वजनिकचाँडै नै श्रद्धा रोमान्टिक फिल्म ‘चालबाज इन लन्दन’ मा देखिनेसमाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाईआज मिति २०७८ साउन १२ गते, मंगलवारको राशिफलमन्त्री कार्की समक्ष चेम्वर प्रतिनिधि मण्डलद्धारा सुझाव प्रस्तुत, कोरोना महामारीका कारण पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको प्रष्टोक्तीएनआरएनए एनसीसी यूएईको अध्यक्षमा कार्यबाहक अध्यक्ष निरन्जन सिलवालले उम्मेदवारी घोषणापछिल्लो घण्टामा देशैभरी ३,४२१ जना कोरोनाका नयाँ संक्रमित थपिएआयुषको'तिमी र म'मा ग्रेसी (भिडियो )
  • मेरी आमाको मुख!!

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार ०७:३४

    मेरी आमाको मुख!!
    कहिल्यै नबिर्सिने पलहरु
    आमा संग बिताएका क्षण,
    रिस पनि मिठो
    घुर्की पनि मिठो
    धम्काई पनि मिठो
    अहिले संझिदा
    आमाको पिटाई पनि मिठो।।
    बिहान बिहान
    आमाको गाली खाए पछी मात्र
    व्यूझनुको मज्जै बेग्लै।।
    साझ अबेर घर फर्कदा
    आमाको गाली सुन्नुको मजै बेग्लै।।
    बाले गाली गर्दा
    आमाले गाल लिएको लिएको क्षण।
    छिमेकीले कुरा लगाउदा
    आमाले मलाई आड लिएको क्षण,
    म साथी संग हारेर रुदै घर आउदा
    आमाले साहस भरिदिएको क्षण।
    म स्कुलमा फेल हुदा
    आमाले हौसला दिएको क्षण।।
    म संसार कै सफल मान्छे भनेर हौसला बढाएको क्षण।
    म संसार कै राम्री भनेर फुर्काएको क्षण।
    मलाई म हुन सधै प्रेरणा दिएको क्षण।
    सबै संझनामा कैद छन् आज।
    कहिले काहि मैले घुर्की लाउदा
    कहिले भनेको नमान्दा
    मेरी आमा भन्थिन
    *म मरे पछि था पाउलिस्*
    म थर्काउदै भन्न्थै”तिम्लाई कस्ले मर्न दिन्छ र बुढी”
    मैले नदिएर के भो र?
    मलाई खवरै नगरी मेरी आमा……
    मेरी आमा आफु गाली गर्थिन्!!
    तर अरुको गाली कहिल्यै मलाई सहन बाध्य पारीनन्।
    बाँ, दाई र भाई
    दिदी अनि भाउजु बुहारी
    सबै संग बचाएर,
    अनि
    मलाई अलि बढाएर
    मेरी आमा मलाई माया गर्थीन।
    स्वर्ग आमाको काखमा बितेछ
    आज त्यहि स्वर्णीम पल र
    मेरी प्रिय आमा प्रती हार्दिक श्रद्धा सुमन।। देवु पराजुली
    २०७७/०१/११

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु