रूपा थापा
म त तिम्रै राजकुमारी
जगाए होला मैले कयौ रात तिमीलाई अनिदो बनाएर
सताए होला मैले तिमीलाई नै भोक तिर्खा सारा भुलाएर
याद आउछ आमा आज मलाई माटोको त्यो गुडियाको
पहिनाइ दिन्थे नाना पनि तिम्रै त्यो फरियाको सप्कोको
बनाइदिन्थे मकैको जुङ्गाको कपालै पनि त्यो माटैको गुडियाको
लगाइदिन्थै गाजल आखैमा पनि तिमीले नै बनाइदेको
तिम्रो मेरो जिन्दगीको गजवको एउटा कहानी
भन्थ्यौ आमा तिमी रानि मेरी म त तिम्रै राजकुमारी
उडि जाञ्छन रे बचेरा भुरुरु पङ्खै उसको पलाएपछि
भुलिजाञ्छ किन उसले त्यो गुडलाई नयाँ संसारैे सजाएपछि
जब जब गर्जिन्थ्यो मेघ घनघोरसँग त्यो आकाशैमा
लुटपुटिन्थे आमा म तिम्रै त्यो फरियाकोसप्कोमा
एक दिन तिमीले नै भन्यौ मुस्कुराउदै मेरी आमा
लड्नै बाँकी छ तैले धेरै जिन्दगीका तुफानहरुसँग
हेर तुफानसँग जुधिरहेकी त्यो स्यानि फिस्टे चरिलाई
छिचोलेर तुफानहरुलाई मुस्कुराउने त्यो सुन्दर फुललाई
हो त्यसै दिन देखि जुधाउन सिकेकि हु मैले नजर
आकाशमा चम्किने चम्किलो त्यो मेघको प्रकाशहरुसँग
भन्थे आमा म त तिम्रो बगैचाको एउटा कमजोर फुल हु
सक्दिन कि फुलेर दिन म सुवास तिम्रो बगैचामा
तिम्रो मेरो जिन्दगीको गजवको एउटा कहानी
भन्थ्यौ आमा तिमी रानि मेरी म त तिम्रै राजकुमारी
आज किन खालि त्यो पिढिको डिलैमा बसेर एक्लै टोलाइरहेछयौ
सुम्सुम्याउदै छयौ त्यो रित्तो झोलुङ्गो सम्झेर हो कि मलाई
बनाउदैछ गुड फेरि गौथलिले आज पनि त्यसरी नै
नझारे है आसु आमा तिमीले उडि जादा ती बचेराहरुले फेरि
ताति लागि आउदा कमिलाको ताति फेरि पनि त्यसरी नै
त्यो कमिलाको तातिसँग मुस्कुराउने त्यो स्यानि केटी साथैमा नहुदा
भुुन भुन गरी माहुरिले छेउमै घार बनाउदा फेरि पनि त्यसरी नै
मौरिसँगै साथैमा भुम्भुनाउने त्यो स्यानि केटी साथैमा नहुदा
फुलेका ती फुलसँगै नाच्दैछन रङ्गि विरङ्गि पुतलिका हुलहरू
सँगसँगै नाच्दै रम्ने त्यो स्यानि केटी साथैमा नहुदा
छेउमा आइ त्यो कोइलीचरिले कुहु कुहु गर्दामा
कोहो कोहो भनी जिस्क्याउने त्यो स्यानि केटी साथैमा नहुदा
डोको नाम्लो बोकि जादा सधैं तिमीले त्यो वनपाखामा
तिमीलाई सँगसँगै पछयाउने त्यो स्यानि केटी साथैमा नहुदा
खालि त्यो गाजलको बट्टा हेरेर सम्झिञ्छयौ रे मलाई नै
झर्छ जब पारिजातको फुल सम्झिञ्छयौ रे मलाई नै
रुझाउँछ जब मेघले त्यो स्यानि फिस्टे चरिलाई
सम्झिञ्छयौ रे फेरि तिमी मलाई नै हेरेर त्यो गगनलाई
बुढो त्यो रुख झै रुङ्गदैछौ तिमी त्यही चौतारीलाई
गछर्यैा रे गुनासो तिमी आफैसँग हेर्दै त्यो गगनलाई
फर्कि आएनन किन मेरा बचेराहरू पङ्ख पलाई उडिगए पछि
जब आउछ उडि हातैमा सिमलैको त्यो भुवा पनि
सुम्सुम्याउछयौ किन आमा मेरो त्यो स्यानो तकियापनि
मेरा स्याना पाउमा लाउने ती स्याना स्याना पाउजु पनि
नियाल्छयौ आकाश एक्लै जब वादलले ढाकिजाञ्छ
आज पनि त्यसै गरी चरि फेरि गुडैमा फर्कि आउछ
मुस्कुराउँछ आज पनि जब त्यो हिमाल त्यसै गरी नै
त्यो हिमाल हेरेरसँगै मुस्कुराउने त्यो स्यानि केटी साथैमा नहुदा
मुस्कुराउँछ आकाशमा आज पनि जुन जब त्यसै गरी
त्यो जुन हेरेरसँगै मुस्कुराउने त्यो स्यानि केटी साथैमा नहुदा
जब निदरिवाट व्युझिएर उठ्छयौ तिमी त्यो मध्ये रातैमा
सुम सुम्याइ खोज्छयौ किन मलाई नै फेरि आफ्नै साथमा
तिमीसँगै निदाउने त्यो स्यानि केटी साथैमा नहुदा
अनि पो झस्किदै व्युझिञ्छयौ फेरि सम्झेर त्यही पललाई
पग्लेर विलाई गएको समयको त्यो नौनिलाई
मथ्दा त्यो नौनिलाई मदानिवाट बसेर मझेरीमा
साथैमा मुस्कुराउने त्यो स्यानि केटी साथैमा नहुदा
समयको त्यो डुङ्गामा बसेर बग्दा बग्दै तिमी र म
पग्लेर विलाई गयो आमा त्यो आखैको गाजलैपनि
खोलाको त्यो वगरैमा फेरि झुल्किञ्छ त्यो इन्द्रेण्ीा जब
त्यो इन्द्रेणी हेर्दैसँगै मुस्कुराउने त्यो स्यानि केटी साथैमा नहुदा
जब छोडाउदै गर्थ्यौ तिमीले मकैको ती घोकाहरुलाई
मकैको त्यो सुत्लाको जुङ्गा बनाई तिमीलाई जिस्क्याउने
त्यो स्यानि केटी आज तिम्रो साथैमा नहुदा
अगेनिमा भुट्थ्यौ मकै जब तिमीले त्यो कालो हाडिमा
कालो लागेको त्यो तिम्रो गालालाई जिस्क्याउदै मुस्कुराउने
त्यो स्यानि केटी आज तिम्रो साथैमा नहुदा
बोटमा पाकेको त्यो अम्वा त मेरै भागको हो नि है आमा
खाइदिछे आज त जुरेलिले भनी तिमीसँग गुनासो गर्ने
त्यो स्यानि केटी आज तिम्रो साथैमा नहुदा
पाकेका ती आरुसँग देखिने ती लोखर्केको तातिसँग
थोता ती दात देखाएर साथैमा मुस्कुराउदै बस्ने
त्यो स्यानि केटी आज तिम्रो साथैमा नहुदा
छुटिगएका ती स्याना स्याना पाइलाहरूसँग पनि
गछर्यैा रे गुनासो आमा धुरिवाट आउने त्यही परेवाको घुरघुरसँग
त्यो परेवाको घुरघुरसँगै साथैमा घुरघुराउने
त्यो स्यानि केटी आज तिम्रो साथैमा नहुदा
झरेर विलाई गएका समएका ती थोपाहरुलाई
समेटेर राखिदिने आमा माटोको त्यो भुड्को नहुदा
उडि जाने ती बचेराका ताति फेरि पनि गुडैमा फर्केर नआउदा
तिम्रो मेरो जिन्दगीको गजवको एउटा कहानी
भन्थ्यौ आमा तिमी रानि मेरी म त तिम्रै राजकुमारी
आमाकाे मुख हेर्ने दिनकाे सम्पुर्ण आमाहरूलाइ शुभकामना