नेपाल​बाट ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्तनकाश र कृष्णको सहकार्यमा रहेको 'मेरे ख्वाब' सार्वजनिक ( भिडियो )अपाङ्गता समावेशी प्रारम्भिक बाल विकास तथा शिक्षा तालिम सञ्चालनराष्ट्रपति रनिङ सिल्डमा सुदूरपश्चिम पहिलो पटक टिम च्याम्पियनआज बैशाख ०७ गते शुक्रबार, यस्तो छ तपाईको राशिफलसंयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरुएकल म्याराथन पूरासडक बालबालिका मुक्त घोषणा गर्नेगरी काम गर्न परिषद्लाई मन्त्री चौधरीको निर्देशनईन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशनको विश्व कार्यसमितिको दुईदिने बैठक सुरुमधेश र बागमतीको जित

क्राउन इन्स्टिच्युट अफ हाइयर एजुकेशनले राहत प्याकेज घोषणा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ बैशाख ११ गते, बिहीबार ०८:४०

सिड्नी/ सिड्नीमा मुख्य कलेज रहेको क्राउन इन्स्टिच्युट अफ हाइयर एजुकेशनले कोभिड-१९ महामारीबाट प्रभावित आफ्ना बिधार्थीहरु का लागि २५ लाख (२.५ मिलियन) अष्ट्रेलियन डलर बराबरको राहत प्याकेज घोषणा गरेको छ। क्राउन इन्स्टिच्युट २२ अप्रिलका दिन एक प्रेस बिज्ञप्ति जारि गरि उक्त प्याकेज घोषणा गराएको छ।

कोभिड-१९ का कारण अफ्ठ्यारोमा परेका आफ्ना बिधार्थीहरु ले अध्यानलाई निरन्तरता दिन सकुन् भन्ने मुख्य उदेश्य सहित यो प्याकेजको घोषणा गरिएको बिज्ञप्तिमा क्राउन इन्स्टिच्युटका बोर्ड अफ डिरेक्टरका चियरम्यान प्रोफेसर जोन ग्रेले बताएका छन्। ग्रेका अनुसार संस्थाको सामाजिक उतरदायित्व स्वरुप गरिएको यो सहयोगमा आर्थिक र बिधार्थीलाई पर्ने अन्य मनोबैज्ञानिक सहयोगहरु पनि रहेका छन् । न्यु साउथ अष्ट्रेलियाका लागि महाबाणिज्यदुत समेत रहेका इन्स्टिच्युटका मुख्य लगानीकर्ता दिपक खड्काले यो अप्ठ्यारो स्थितिमा इन्स्टिच्युटमा अध्यानरत बिधार्थीहरु र तिनका परिवारहरु ले आर्थिक र मानासिक समस्याका कारण अध्यानलाई निरन्तरता दिन नसक्ने र अन्य चिन्ताले स्वास्थमा आउन सक्ने समस्यालाई केहि भए पनि सहयोग गर्न यो प्याकेजको घोषणा गरिएको बताए।

क्राउन इन्स्टिच्युटले समस्यामा परेका बिधार्थीहरु ले आफ्नो समस्या सहित नाम दर्ता गरे पश्चात ५०० डलर सम्मको नगद सहयोग गर्नेछ । यस बाहेक इन्स्टिच्युटले तत्कालै लागु हुने गरि शैक्षिक शुल्कमा १७ प्रतिशत शुल्क घटाई सकेको छ भने बिधार्थीहरु ले एक सेमेस्टरमा ४ बिषयको सट्टा अब ३ बिषय मात्र अध्यान गर्न सक्नेछन् । यसबाट बिधार्थीलाई २५ प्रतिशत् सम्म आर्थिक भार कम पर्ने छ। यसरी नै बिधार्थीले शुल्क तिर्दा समेत अब आफुलाई सजिलो हुने किसिमबाट हाप्ता / १४ दिन या महिनामा किस्ताका हिसाबले तिर्न सक्नेछन् यसरि तिर्दा बिधार्थीलाई किस्ता फि वा लेट फि पनि लाग्ने छैन । शैक्षिक रुपमा अब्बल बिधार्थीहरु लाई इन्स्टिच्युटले अन्य डिस्काउन्ट बाहेकै १५ प्रतिशत सम्मको स्कलरशिपको समेत अबसर प्रदान गर्नेछ।

इन्स्टिच्युटका सिइओ नारायण तिवारीका अनुसार बिधार्थीहरु लाई पर्ने सक्ने आर्थिक, मनोबैज्ञानिक र स्वास्थ समस्या बाहेक बिधार्थी र तिनका परिवारहरु लाई यो अफ्ठ्यारो स्थितिमा रोजगार नगुमाउन, नयाँ रोजगारको अबसरका लागि क्रियाशील गराउन ‘करियर कोच’ को समेत ब्यबस्था गरएको छ । यसै गरि सानो लागनीबाट आफै उद्यमी हुन चाहनेहरु लाई लक्षित गर्दै इन्स्टिच्युटले ब्यापार लगानी कोष पनि खडा गरेको छ । जसबाट त्यस्ता इच्छुकहरु लाई इन्स्टिच्युटले सुरुको लागि लगानी गर्ने रकम उपलब्ध गराउनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु