
काठमाडौ ।समाजवादी पार्टी र राजपाबीच पार्टी एकता गर्ने सहमति भएको छ । बुधबार राति भएको दुई पार्टीका शीर्ष नेताहरुबीचको बैठकले यस्तो सहमति गरेको हो ।
नयाँ एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल हुने सहमतिपत्रमा उल्लेख छ । पार्टीको झण्डा समाजवादी पार्टीको हालको झण्डा रहने र चुनाव चिन्ह राजपाको हालको चुनाव चिन्ह छाता रहने पनि सहमति भएको छ ।
समानताको आधारमा पार्टी एकीकरण गरिने सहमतिपत्रमा उल्लेख छ ।
सहमतिपत्र :




