प्रकाश सपुत लाइभ इन कन्सर्ट' अष्ट्रेलियाको सिड्नीमा हुँदैएसियाली खेलकुद क्बड्डीमा नेपाल सेमिफाइनलमावीरजंङ्ग स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता’ को तयारी पूरा, पुलिस क्लबसहित नौ वटा टिम सहभागी हुनेविज्ञानका उत्कृष्ट शोधार्थी विद्यार्थी लाई अनुदाननेपाली फुडगुरू सुरेश चन्द्र बस्नेत गोल्डेन ह्याट अवार्ड बाट सम्मानितहेर्नुहोस् आज मिति २०८० साल असोज १७ गते बुधबारको राशिफलविश्व दौडाहामा रहेका एनआरएनए उपाध्यक्षको उम्मेदवार केसीलाई हङकङमा भव्य स्वागतएमसीसीका सिइओ एलिस अलब्राइट र अर्थमन्त्री डा. महतबीच शिष्टाचार भेटबडादशैंको साइत सार्वजनिककक्षा ११ र १२ को परीक्षा कहिले?

मातातीर्थ औंसीको अवसरमा शिव अधिकारीले घोषणा गरे १,०१,१११ रुपैयाँको आमा कल्याणकारी कोष तथा पत्रकारिता पुरस्कार

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ बैशाख ११ गते, बिहीबार १०:०६

मातातीर्थ औंसीको अवसरमा गन्तव्य नेपाल ग्रुपका अध्यक्ष तथा समाजसेवी शिव अधिकारी ‘अविरल’ले स्वर्गीय आमा गौरादेवी अधिकारीको नाममा १ लाख १ हजार १ सय ११ रुपैयाँको आमा कल्याणकारी कोष तथा पत्रकारिता पुरस्कार घोषणा गरेका छन् । आज सामाजिक सञ्जाल फेसबुक मार्फत एक वक्तव्य जारी गर्दै समाजसेवी अधिकारीले ६० हजार १ सय ११ रुपैयाँको ‘गौरादेवी आमा कल्याणकारी कोष’ र ४० हजार रुपैयाँको ‘गौरादेवी पत्रकारिता पुरस्कार कोष’ स्थापना गरेको घोषणा गरेका हुन् ।
“स्वर्गीय आमा गौरादेवी अधिकारीको सम्झना र समस्त नेपाली आमाहरूको सम्मानमा ६० हजार १ सय ११ रुपैयाँको ‘गौरादेवी आमा कल्याणकारी कोष’ स्थापनाको घोषणा गर्दछु,” वक्तव्यमा अधिकारीले भनेका छन्, “यसै अवसरमा ४० हजार रुपैयाँको ‘गौरादेवी पत्रकारिता पुरस्कार कोष’ स्थापना गरी नुवाकोट जिल्लाका २ जना र राष्ट्रिय स्तरका २ जना गरी ४ जना पत्रकारलाई जनही १० हजार रुपैयाँ राशिका ‘गौरादेवी पत्रकारिता पुरस्कार’ प्रदान गर्ने घोषणा गर्दछु ।”
अधिकारीका अनुसार, यो पुरस्कार आगामी दुई महिनाभित्र हुने गन्तव्य नेपालको वार्षिक अवसरमा प्रदान गरिनेछ । आमा कल्याणकारी कोषको रकम भने दीन-दु:खी, असहाय आमाहरुको आकस्मिक उपचारका लागि सहयोग स्वरुप प्रदान गरिने वक्तव्यमा उल्लेख छ ।
पत्रकारिता र पर्यटन उद्यममा दुई दशक बिताएका अधिकारी एक दशकदेखि समाजसेवामा लागिपरेको छन् । जन्मथलो नुवाकोटको तारुकाबाट समाजसेवा सुरु गरेका अधिकारी तारुकाबाट तारकेश्वर, त्यहाँबाट सिङ्गो नुवाकोट हुँदै राष्ट्रिय स्तरमै एक गतिशील सामाजिक व्यक्तित्वका रूपमा चिनिन थालेका छन् ।
तारकेश्वरभित्र २०७२ को महाभूकम्पपछिको पुनर्निर्माणमा उल्लेख्य योगदान गरेका अधिकारी त्यसयता गाउँको स्वास्थ्य, शिक्षा, खानेपानी, महिला सशक्तीकरण, युवा तथा खेलकुद लगायत क्षेत्रको विकासमा समर्पित छन् ।
अहिलेको कोरोना महामारीका बीच उनले कोरोना प्रतिरोधी अभियान चलाइरहेका छन् । जसअन्तर्गत, तारकेश्वर गाउँपालिकाभरि घर-घरमा सचेतना तथा मास्क वितरण कार्यक्रम चलिरहेको छ । हालसम्म गाउँपालिकाका ६ वटै वडामा गरी १६ हजार थान मास्क वितरण भइसकेको छ भने यसलाई जारी राख्दै छिमेकी गाउँपालिकाहरूमा पनि मास्क वितरण अभियान विस्तार गर्ने उनको योजना छ ।
लकडाउन अघि अधिकारीले अस्थायी रूपमा काठमाडौं बस्दै आएका घर फर्कन चाहने नुवाकोटेहरूका लागि नि:शुल्क बस को व्यवस्था गरेका थिए । उनको संयोजनमा लकडाउन अघिका दुई दिनमा एक दर्जन बस काठमाडौंबाट त्रिशूली पठाइएको थियो ।
यसैबीच, उनले नुवाकोट जिल्लाको उत्तरी भेगमा पर्ने किस्पाङ गाउँपालिकामा सेवामा खटिने स्वास्थ्यकर्मीको सुरक्षाका लागि १० थान पिपिई तथा एप्रोन सेट समेत उपलब्ध गराएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु