• मोबाइल फोन इम्पोटर्स एशोशिएसनका अध्यक्ष मलहोत्राद्वारा नेपाल प्रहरी अस्पताललाई पिपिई तथा मास्क हस्तान्तरण

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार १३:३७

    काठमाडौं । कोभिड–१९ महामारी नियन्त्रण गर्ने सुरक्षा तया स्वास्थ्य नियाको प्रयत्नलाई सहयोग गर्न मोबाइल फोन इम्पोटर्स एशोशिएसनले बुधबार नेपाल प्रहरी अस्पताललाई पिपिई तथा मास्क हस्तान्तरण गरेको छ ।

    संस्थाका अध्यक्ष दीपककुमार मलहोत्राले ४० थान पिपिई तथा ५ हजार थान मास्क हस्तान्तरण गरे । महाराजगज स्थित नेपाल प्रहरी अस्पतालमा आयोजित समारोहमा अध्यक्ष मलहोत्रा एवं पदाधिकारीहरुले संयुक्त रपमा प्रा.प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहलाई सहयोग स्वरूप उक्त सामग्री हस्तान्तरण गरेका हुन् । अध्यक्ष मलहोत्रा यो सहयोग ले कोभिड–१९ महामारी विरुद्ध लडिरहेका राष्ट्रिय सुरक्षा निकायलाई थप बल प्रदान गर्ने बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु