नेपालमा कोरोना भाइरस संक्रमित संख्या ४८

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ बैशाख ११ गते, बिहीबार २१:३६

काठमाडौं, ११ वैशाख । नेपालमा कोरोना भाइरस संक्रमित संख्या ४८ पुगेको छ । साँझ एकजना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

नयाँ संक्रमित २६ वर्षीय पुरुष हुन् । स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले नयाँ पुष्टि भएकाका बारे जानकारी दिएका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु