• संझनामा पाँच वर्ष

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार ०८:२७

    दिन वित्न कति समय लाग्दो रहेछ र? कसैको प्रतीक्षा गरेर बस्दा ओहो! अर्को हप्ता वा महिना वा वर्ष कहिले आउला जस्तो लाग्छ तर दिन सदाबहार उसै गरी बितीरहन्छ। म कहिले काही सोच्छु म नभएको भए पनि संसार यस्तै हुन्थ्यो कि फ़रक? यो टोल/अफिस/समाज केहि फरक हुन्थ्यो कि यस्तै? तर तुरुन्तै संझन्छु को नहुदा कसलाई के फरक पर्यो र? समय उसै गरी बितिरह्यो।
    हो म अहिले संझिरहेछु पाँच वर्ष अगाडीको महाभुकम्प जसले धेरैको घर उजाड्यो हजारौ मान्छे मरे,सयौ घाईते बने र लाखौको बास खोसियो। कैयौका सपना र चाहना फेरिए।मर्ने त मरे, घाइतेको चोट अमिट बनेर रह्यो निरन्तर पछि सम्म। थुप्रैका हात खुट्टा र ढाड भाचीए, हात खुट्टा काटीए र घाईते बने पछि सम्म।
    त्यती बेला म राष्ट्रीय अपाङ्ग कोषमा पुनर्स्थापन चिकित्साको रुपमा कार्यरत थिए। प्राकृतिक अपागंता र द्वन्द्वमा घाईते शारीरिक अपागंताको क्षेत्रमा लामो समय देखि कार्यरत म अपागंताको क्षेत्रमा अभ्यास्त भैसकेकी थिए। कुनै पनि दु:ख जिवन जिउनु भन्दा महत्वपूर्ण हुदैनन भन्ने म ठान्थे। यसैले दुर्घटनाले जिवनको आधी उमेरमा अपागंता भएका व्याक्तिलाई पनि म परामर्श दिएर आफै आत्मनिर्भर हुने बाटो खोज्न सक्ने बनाउछु भन्ने मलाई लाग्थ्यो। जिन्दगी सबै भन्दा पहिले आफुमा स्वीकार्यता ल्याउनु जरुरी थियो। एक्कासी आएको भुकम्पले बालबालीका, किशोरावस्था, वयस्क र वृद्ध सबैलाई घाईते बनायो। शनिवारको दिन मध्याह्नमा गएको भुकम्पले धेरैको हुर्मत लयो। त्यही दिनबाटै पुनर्स्थापनामा काम गर्ने साथीहरु घाईतेको उद्धारमा लाग्नु भयो।


    जे हुनुभयोको स्वीकार्यता बाहेक जिवनमा अगाडी बढ्न अर्को बिकल्प हुदैन। हामीले अस्पताल र घर घरै पुगेर घाईतेहरूलाई शान्वना संगै पुन्थापना सेवा दिन सुरु गर्यौ। उनिहरु सबैका पिडा उस्तै थिए अब अगाडीको जिवन कसरी चलाउने? हिजो घास काटीरहेको हसिया खोसीयो, खेत रोपीरहेको विउको मुठा खोसीयो। पखेरा र खेतका गरा त त्यही छन् त्याहा काम गर्ने बाउसे र खेतारी फेरियों। अधिकांसका पिडा आँसु बनेर मैले लेख्दै गरेको पुनर्स्थापना एसिस्मेन्टको पानामा पोखिन्थ्यो । म सुन्थे र समय संगै ठिक हुन्छ भन्ने मलहम लगाउथे। बिस्तारै खाटा परेको घाउ बल्झाउथे उनिहरु भोली के गर्ने र कसरी अगाडीको जिवन जिउने भनेर। भुकम्पको नाममा अरवौ राहत आयो तर पुरा जीवनकालको लागी घाईते भएका र भुकम्प प्रभावीत १४जिल्ला बाहीरका काठमान्डु डेरा गरी बस्ने घाईतेको बारे कतैबाट केहि आएन।


    सवु पौडेल संगको टिमले अब भुकम्प प्रभावित महिलाहरुलाई आत्मबल बढाएर आत्मनिर्भर बनाउदै गयो। समय संगै चोट र पिडाको मात्रा कम होला तर दुखाई रहिरहन्छ। हामीले दु:ख नबिरसने र त्यसैमा टेकेर अगाडी बढ्ने निर्णय गर्यौ र त्यस पछिका बैशाख १२ लाई उत्सव झै मनाउने निधो गर्यौ । पहिलो वर्ष हामी अलि भावुक बन्यौ भुकम्पमा गुमाएका आफन्त रआफ्नो गुमेको अंग संझेर खुव रोए सबै जना म पनि रोए। विस्तारै घाउमा खाटा निस्कीएर डोव रहन थाल्यो अनि हामी जन्मोत्सव जस्तै गरी उत्सव मनाउन थाल्यौ नया जिन्दगीको । बैनीहरुले गरेको कामको चौतर्फि प्रसम्सा पछि अन्यकारणबाट अपागंता भएका व्याक्ति पनि समेटेर केही ठुलो भएको छ “हामी नेपाल”। अपागं कोषबाट प्रेरित र त्यहीको पुनर्स्थापनाबाट प्रेरित भएर सुरु भएको यस सस्थालाई कोषले अन्तराष्ट्रीय अपागं दिवसमा आफ्नो

    वार्षिकोत्सवको बेला संमान गरेको छ। गत वर्ष धादिंग जिल्ला गएर बैशाख १२ सेलीब्रेट गरको हामी ननेपाल यो वर्ष कोरोना कहरले यसै मौन बसे पनि पाँच वर्ष को जिवन समिक्षा गरीरहेछ। हामी कहा जन्मियौ कहा हुर्कियौ आफना फरक सपना काम र संघरष थिए तर समयले हामीलाई साझा सपना बनाई दियो।

    यो बिच हामी नेपाल संग सहयोग र समान उध्यश्यले जोडीएका सबैलाई नमन गर्दै पाच वर्ष अगी आजको दुरघटनाले मृत्यू हुने सबैमा मौन श्रद्धांजलि अर्पित गर्दछु।
    हामी सम्पूर्ण जिवात्माको सुखको कामना संगै हामी नेपाल र त्याहा सम्बद्ध सबैमा शुभकामना आउनु यहीबाट जीवन खुशी बांडों।
    देवु पराजुली
    २०७७/०१/१२े

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु