• मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट अध्यादेश खारेज

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार २१:०२

    काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दुई अध्यादेश खारेज गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश खारेज गरेकी हुन् ।

    सरकारले गत वैशाख ८ गते दल विभाजनलाई खुकुलो बनाउने र प्रतिपक्षी दलको नेता नभए पनि संवैधानिक परिषद्को बैठक बसी निर्णय गर्न सक्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको थियो ।
    दुवै अध्यादेशको नेकपाभित्र र राजनीतिक वृत्तमा व्यापक आलोचना भएपछि शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको हो ।
    राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा मन्त्रिपरिषदले सिफारिसमा अध्यादेश खारेज गरिएको उल्लेख छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु