बिश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने दुई लाख नजिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ बैशाख १३ गते, शनिबार १२:०३

काठमाडौं, १३ बैशाख । विश्वमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुईलाख नजिक पुगेको छ । वल्डोमिटरले शनिबार विहान सार्वजनिक गरेको तथ्यांकअनुसार विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ९७ हजार तीन रहेको छ। अमेरिकामा सबै भन्दा बढी ५२ हजार ९७ जनाकाे मृत्यु भएकाे छ। त्यहाँ ९ लाख २३ हजार आठ सय १२ जना संक्रमित छन्।

अमेरिका पछि सबै भन्दा धेरै इटालीमा मृतकको संख्या २५ हजार ९ सय ६९ छ। त्यस्तै स्पेनमा २२ हजार ५ सय २४ जनाले ज्यान गुमाएका छन्। फ्रान्समा एक लाख ५९ हजार ८ सय २८ जना संक्रमित रहेका छन् । त्यस्तै जर्मनीमा मृतकको संख्या ५ हजार ७ सय ६० छ। बेलायमा ज्यान गुमाउनेको संख्या १९ हजार ५ सय ६ रहेको छ।

टर्कीमा पनि संक्रमितको संख्या एक लाख नाघेको छ। टर्कीमा १ लाख चार हजार ९ सय १२ जनामा संक्रमण देखिएको छ। त्यस्तै इरानमा ८८ हजार १ सय ९४ जनामा संक्रमण देखिएको छ भने पाँच हजार पाँच सय ७४ जनाको मृत्यु भएको छ। चीनमा अहिले सम्म चार हजार ६ सय ३२ जनाको मृत्यु भएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु