आगामी चैतसम्म तीन करोड मात्राभन्दा बढी कोरोना विरुद्धको खोप ल्याउने तयारीअसोज दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने प्रक्षेपणसुनको चुरा’ बोलको तिज गीत सार्वजनिकचाँडै नै श्रद्धा रोमान्टिक फिल्म ‘चालबाज इन लन्दन’ मा देखिनेसमाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाईआज मिति २०७८ साउन १२ गते, मंगलवारको राशिफलमन्त्री कार्की समक्ष चेम्वर प्रतिनिधि मण्डलद्धारा सुझाव प्रस्तुत, कोरोना महामारीका कारण पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको प्रष्टोक्तीएनआरएनए एनसीसी यूएईको अध्यक्षमा कार्यबाहक अध्यक्ष निरन्जन सिलवालले उम्मेदवारी घोषणापछिल्लो घण्टामा देशैभरी ३,४२१ जना कोरोनाका नयाँ संक्रमित थपिएआयुषको'तिमी र म'मा ग्रेसी (भिडियो )
  • गोमादेवी मेघनाथ स्मृति संस्थाद्वारा भमराको नेवार समुदायमा ‘एक घर एक बोरा’ चामल वितरण

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १३ बैशाख २०७७, शनिबार २१:५२

    एक महिना लामो लकडाउनका कारण समस्यामा परेका परिवारलाई राहत पुर्याउने उद्देश्यले नुवाकोटको तारकेश्वर-६, भमरास्थित गोमादेवी मेघनाथ अर्याल स्मृति संस्थाले स्थानीय नेवार समुदायमा चामल वितरण गरेको छ । अधिकांश परिवार ज्याला-मजदुरीमा आश्रित रहेको सो समुदायमा संस्थाले प्रति-परिवार एक बोरा (२५ केजी) का दरले चामल वितरण गरेको हो ।
    लकडाउनले गर्दा सामान्य मजदुरी गर्ने उक्त समुदायलाई जीविकोपार्जनमा परेको समस्यामा केही हदसम्म भए पनि मलमपट्टी लगाउने उद्देश्यले चामल वितरण गरिएको संस्थाका अध्यक्ष ईश्वर अर्यालले बताएका छन् । उनका अनुसार, आज संस्थाका संरक्षकद्वय रामप्रसाद अर्याल र कृष्णप्रसाद अर्यालले संयुक्त रुपमा चामल वितरण गरेका हुन् ।
    सामाजिक कार्यमा अनवरत सक्रिय यस संस्थाले कोरोना प्रकोप सुरु भएदेखि नै राहत तथा सचेतना अभियान चलाइरहेको छ । यसअघि संस्थाले गाउँपालिकाका विभिन्न स्थानमा ड्रम राखेर साबुन पानीले हातधुने व्यवस्था मिलाएको थियो ।
    स्वर्गीय आमा गोमादेवी अर्यालको पुण्यतिथिको अवसरबाट सुरु गरिएको अभियानलाई अझ विस्तार गर्दै लैजाने अध्यक्ष ईश्वर अर्यालको योजना छ । पछिल्लो समय आफूलाई समाजसेवामा समर्पित गरेका अर्यालले आगामी दिनमा सामाजिक कार्यमा अझै बढी क्रियाशील भएर दीन-दुःखीको सेवामा लागिपर्ने प्रतिबद्धता जनाएका छन् ।
    संस्थाका सल्लाहकार केशव अर्यालले कोरोना महामारीका कारण समस्यामा परेका परिवारजनलाई सहयोग गर्न पाउँदा खुसी लागेको भन्दै राहत तथा सचेतना अभियानलाई निरन्तरता दिने बताएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु