‘तस्वीरमा ज्येष्ठ नागरिक’ फोटो प्रदर्शनी (फोटो फिचर)हेर्नुहोस् आज मिति २०८० साल असोज १४ गते आइतबारको राशिफलगीति कविता : मैले तिमीसँग किनआईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीतसमाजबाट दुव्र्यसनलाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने बिषयमा छलफलमाओवादी केन्द्रबाट बारपाक सुलिकोट गाउँपालिका स्तरीय रिटर्नी सेन्टर संगठन गठनप्रज्ञापारमिता स्थापनाको १३ औं बार्षिक उत्सवहाडजोर्नी तथा नसा रोगबारे लेखिएको ‘अर्थोपेडिक प्राक्टिस ईन नेपाल’ पुस्तक भविष्यमा सिद्धान्तको रुपमा विकास हुने डा. लामिछानेको दाबीBishal Milan Kendra vs. Tribhuwan Army Club: An Epic Battle Ends with Tribhuvan Army Club Emerging Victoriousरोयल इनफिल्डको Hunter Hertiage Ride 2023 आयोजना

लकडाउन’ अझै एक हप्ता बढाउन सुझाव आज बस्ने मन्त्रिपरिषद्को बैठकले अन्तिम निर्णय लिने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ बैशाख १४ गते, आईतवार ०९:१०

काठमाडौं, वैशाख १४ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले देशव्यापी ‘लकडाउन’ अझै एक साता बढाउन सुझाव दिएको छ ।

शनिबार दिउँसो सिंहदरबारमा बसेको समितिको बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीको नेतृत्वमा रहेको कार्यदललाई लकडाउनको विषयमा सुझाव दिन निर्देशन दिएकोमा कार्यदलले अझै एक साता थप गर्न सिफारिस गरेको थियो ।

विभिन्न मन्त्रालयका सचिव तथा सुरक्षा निकायका प्रतिनिधिहरुसमेत सहभागी कार्यदलले वैशाख १५ गतेपछि एक साता लकडाउन बढाउनुपर्ने र त्यसपछि नयाँ ‘मोडेल’मा जानुपर्ने निष्कर्षसहितको सुझाव दिएको थियो ।

उच्चस्तरीय समितिले कार्यदलको सुझावअनुसारकै सिफारिस प्रधानमन्त्री केपी शर्मा ओलीलाई गरेको बुझिएको छ । आइतबार बस्ने मन्त्रिपरिषद्को बैठकले अन्तिम निर्णय लिने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु