• बिश्वभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ३ हजार २८९

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १४ बैशाख २०७७, आईतवार ११:३३

    काठमाडौं । बिश्वभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ३ हजार २८९ पुगेको छ । त्यस्तै २९ लाख २१ हजार ४३८ मा संक्रमण भइसकेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकमा उल्लेख छ। यस्तै विश्वभर ८ लाख ३६ हजार ९७८ निको भएर घर फर्किसकेका छन्।

    मृतक र संक्रमित संख्या अमेरिकामा सबभन्दा बढी रहेको छ। हालसम्म अमेरिकामा मात्र ५३ हजार ५११ ले ज्यान गुमाएका छन् भने ९ लाख ३६ हजार ६१६ जना संक्रमित भएका छन् । संक्रमितमध्ये करिब १ लाख निको भएका छन् ।

    इटालीमा हालसम्म २६ हजार ३८४ ले ज्यान गुमाएका छन् । त्यस्तै १ लाख ९५ हजार ३५१ मा संक्रमण भएको छ। जसमध्ये ६३ हजार १२० निको भएका छन्।

    यस्तै स्पेनमा २ लाख २३ हजार ७५९ लाई कोरोना संक्रमित र २२ हजार ९०२ ले ज्यान गुमाएका छन् । ९५ हजार ७०८ जना निको भएका छन् । रुसमा संक्रमण हालसम्म ७४ हजार ५८८ मा संक्रमण पुष्टि भइसक्दा ६८१ ले ज्यान गुमाएका छन् भने भारतमा मृत्यु हुनेको संख्या ८२५ पुगेको छ । यहाँ २६ हजार २८३ मा संक्रमण पुष्टि भएको छ । ५ हजार ९३९ भने निको भएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु