
बिश्वले देखेको अर्को महामारि जहाँ सबै मर्न देखि डराइ डराइ एक्लो जीवन बिताइ रहेका मान्छे भित्रको कथा पनि अनौठो छ । तै पनि तछाड मछाड उस्तै छ कहाँ सकिएको छ स्वार्थ मान्छेमा ! अझै पनि भ्याइनभ्याई उस्तै । सरकारले दिएको एक्लोपनले मान्छेलाई एक्लो त बनायो तर अह! सकेन तछाड मछाडको जिन्दगी हटाउन । सडकमा हेर उस्तै छ भिड, शहरको अभावपन हटाउन गाउँ जान लागेका रे पहुँच पुग्नेको गाडी समेतको पास छ त गाडी हुनेको बकैदाको पास बोकेर गाउँ हिडे कि डुल्न हिडे निस्किए शहर बाहिर अनि बाकी भयो पहुँच बाहिरको भोका जनता अनि गरिब निमुखा कतै सरकारले गरिहाल्छ कि भन्दै हातमा थोत्रे जेब्रा झोला झुन्डाएर चोक चोक गल्लि गल्ली उब्भिएका छन् त्यति मात्र कहाँ होर सरकारको भर नपरी हिडे गन्तब्य तिनै भोका पेट बोकेर अनि ठुला नेताको वाणी आउँछ “सडकमा हिडेको पैदल यात्रीहरुको दुख देखेर भावुक हुन्छु..” अनि अर्को कुरा आउँछ अध्यादेशको राजनितिक चलखेल, अर्को पट्टि आउँछ अलि हुनेखानेहरुको सामाजिक संजालमा लाइभ भिडियो खिच्दै भिख माग्छन् ” खान नपाएर अलपत्र हुनेहरु सम्पर्कमा आउनुहोस् , इच्छुक भएकाले फलानो खाता नम्बरमा रकम पठाइदिनु होला..” एक पटक नमजाले हास्छु म अरे दुनियाँ मागी खाने भाडो चाहिँ गतिलो बनाइदेको छौं !
नेताहरूलाई राजनितिक चलखेल गर्नमै भ्याइनभ्याई छ अनि ठुलालाइ माग्न बाकि भयो कानुन र संविधानको खोस्टो ओढ्ने हाउरे भ्याउरे अनि जनता हर दिन बन्द घरभित्र बसेर कोरोना सक्रमित अपडेट त्यस पछि गाउँ फर्किन पाइन्छ कि भन्दै सडक चोक भरिभराउ । खोसिएका छन् हाम्रा २/४ रुपैया आउने जागिर, खोसिएका छन् हाम्रा भबिस्य कोर्ने पढाई, खोसिएका छन् बन्द घरभित्रको बाच्ने आहार, खोसिएका छन् हाम्रा बाच्ने अधिकार अनि खोसिएका छन् हाम्रा आशाका किरण यहाँ त “दुख पाए” भन्दा न आफन्त छन् न परिवार छन् न आफ्नो मान्छे न त रुदा साथ नदिनेहरु त यसै थिए तर हास्दा साथ दिनेहरु पनि छैनन् । बिश्व लकडाउनले ठप्प भाको बेला पनि मान्छेको एक्लोपनले एक्लै बाच्नु पर्छ भन्ने शन्देश दिई रहेको आभास भै´रा को छ । सरकारले देश ठप्प बनाएर लकडाउन त गरे तर अभाव: गरिब जनतामा परे कोरोनाको होइन गरिबीको अनि भोको पेटको सामाजिक दुरि त यहाँ भए नै तर खाना र आर्थिक दुरिको पनि अग्रस्थानमै आए, गाउँका कुरा गर्दा त कोदो मकै पनि त सकिदै गए नि होइन र ? सरकार! डर जनतालाई कोरोनाको भन्दा खान र गरिबिको छ ।जोखिम त यहाँ मानबता सङ्ग होइन आफै सङ्ग बढ्न थालेकोछ ।
सरकारले बैशाख ८ गते देखि राजनितिक दल र संबैधानिक परिषद सम्बन्धी दुईवटा अध्यादेश जारी गर्यो तर यस्तो अवस्थामा त्यसको असर कल्लाइ त ? अध्यादेश ल्याउदा संविधानको वाक्यांशलाई न्याय दिनु नपर्ने रहेछ कुर्ची जोगाउनु पर्ने अनि जागिर दिनु पर्ने जस्ता कुरालाई यी नेताहरुको उदेश्य तालिमय छ । सडकमा भोका जनताहरु गाउँ पुग्ने पाए पेट भरी मकै रोटि खान पाइन्थ्यो भन्दै उत्रिए बल्ल बल्ल जिल्ला प्रतिनिधि बाट जनतालाई गाउँ सम्म पुर्याउने कुरा निकाल्दा फ्याट्ट स्थानीय सरकारबाट आदेश आउँछ ” शहर बाहिर जान नपाउने, जहाँ हुनुहुन्छ त्यही सेफ भएर बसिदिनु..” अनि भन्न मन लाग्छ “थुक्क तेरो राजनिती” संविधानको आधारभुत स्तम्भलाई भत्काएर अध्यादेशको माला लाउनेहरु लोकतान्त्रिक प्रणाली मास्ने भुस झै लाग्न थालेको छ अनि कहाँ बाट हुन्छ जनताको सेवा, शासन गर्ने आ आफ्नै तरिका छन् यहाँ, मनले भन्छ बिदेशीहरु कोरोना बोक्दै टोल टोल डुलि राछन्, यहाँ मलाई सरकारले लकडाउनको किल्ला झुन्नाइदेकोछ” कोरोना संगको लडाइ एक्लैले गर्न सकिएन तर अभाव सङ्गको लडाइँ पनि त कम जोखिम छैन नि ! डब्लु.एच. ओ.ले अझै भन्दै छ ” कोरोना महामारिले अझै खराब स्थिती निम्त्याउनेछ ” अब जनताले भन्नेछ ” सरकार रोग भन्दा भोक ठूलो भो ” । सरकार ! देशका त्यस्ता नाकाहरुलाई सिलबन्दी गर जहाँ कोरोना मेरो देशमा घुम्न नपावस् तर गरिबको पेट चाहिँ खाली नगराइदिनु ।
बिश्व आज मृत्युलाई स्थगित गर्न होइन पराजय गर्न सकिन्छ भन्ने बिश्वासमा बाची रहेको छ र सोचमा छन् ” ल है म बाच्नु छ ” हेर त स्वार्थ कति छ मान्छेमा लाग्छ यो मान्छेमा आएको क्रान्तिकारी सोच हो । त्यो बिश्वयुद्ध र जनयुद्धको इतिहास हेर त मृत्युलाई आत्मसमर्पण गरेको तर अहिलेको मृत्यु एकदम फरक छ मान्छेहरु भनिरहेका छन् “होइन बाचौ है?” हुनेखानेहरु घर भित्रको स्टोर भरिभराउ छन् अनि गरिब निमुखाको एक अङ्खोरा पानी पनि धौधौ छ मान्छेलाई आजै मर्ने रहर छैन सोच्दै छ “अझै बाचौ ” ।मृत्युको नियन्त्रण मानव क्षमता भन्दा बाहिरको कुरा हो र पनि बाच्नु पर्छ भन्ने स्वार्थ उस्तै छ मान्छेमा । ठुला ठुला उधोग चलाउनेहरु भनिरहेका छन् ” अरबौको घाटा भो” अनि गरिब किसान भन्छन् “एक अङ्खोरा पानीको अभाब भो ” । बिद्यार्थी नेताहरु खाना पाइन भन्दै हार गुहार गरे तर बुझ्न जादा खादका खाद चामलका बोरा र अन्य खाद्यान्न भेट्दा को चाहिँ मान्छे लोभि नहोला र ? कोभिड१९ को प्रभाब रोक्न एक महिना देखि जारि लकडाउनमा जनतालाई राहत दिन नसकेको कुरा पनि यहाँ आलोचित नै छन् नि भन्दैछन् “सरकारले लुकाए” सामाजिक दुरि र एक्लो व्यवस्थापनलाई एकसाथ लगिए पनि बास्तबमा सरकारले यति खेर राजनितिक अध्यादेश नभएर जनतामा देखाइने सुरक्षा र राहतमा ध्यानाकर्षण भइदिएको भए कति सलामयोग्य हुने थियो । मान्छेले भोक नभएर रोग भन्ने थिए । भनेकै छ ” हाम्लाइ पनि थाहा छ भोकले मान्छे मर्छ भन्ने, किनेर खानोस्” किनेरै खाइराछम सरकार गोजिमा २/४ रुपैयाँ हुन्जेल, अनि बाँस पनि पाइराछम घरबेटीलाई घरभाडा दिन सकुन्जेल । स्वार्थी जीवन जसोतसो चलेकैछ । मर्न त धनी गरिब सबैलाई डर छ नि ! बाच्ने रहर ती सडकका माग्नेलाई पनि छ अनि आलिसन महलमा बस्नेलाई पनि बस बाच्नेसैलीमा फरक भो । मृत्यु सत्य छ तर जानजान मर्ने रहर कल्लाइ यहाँ बस जित्नुछ भोको पेटलाई अनि यो विषम परिस्थिति कोभिड१९ लाई ।आफ्नो ख्याल गर्दै गर्नु होला ।


