भिषण बर्षाको कारण उत्पन्न बाढि पिडितहरुलाई राहत सामाग्री हस्तान्तरणलायन्स क्लब काठमाडौँ समर्पण र हिन्दू स्वयम्सेवकद्धारा हेलम्बुमा राहतदूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने प्रतीक चिन्ह प्रयोग गर्न आव्हानकाठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपियोपछिल्लो २४ घण्टामा ३४५६ जना संक्रमणमुक्तनेप्से आज ६३ दशमलब ११ अंकको गिरावटसाताको कोरोबारको पहिलो दिन आज के छ नेपाली बजारमा सुनचाँदीको मुल्यबाढी पैह्रोका मुख्य स्रोतहरु तथा समाधानका उपायहरुउद्यमशील महिला समूहले पनि राहत बाँड्योकतारमा अघिल्लो कार्यकालको अधुरा कार्य पुरा गर्न मुक्तदाको पुनः उम्मेदवारी - मुक्तदाका प्रतिबद्धताहरुः
  • अप्ठेरोमा परेका नुवाकोटवासीलाई जिपी कोइराला फाउन्डेसनले नि:शुल्क जिल्ला पठायो

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १४ बैशाख २०७७, आईतवार २१:००

    पाँच सातादेखिको लकडाउनका कारण राजधानीमा अड्किएका र दैनिक जीविकोपार्जनमा समस्या खेपिरहेका नुवाकोटवासीलाई घर फर्कन सघाउने उद्देश्यले गिरिजाप्रसाद कोइराला फाउन्डेसन नुवाकोटले काठमाडौंदेखि नुवाकोटका विभिन्न स्थानसम्म नि:शुल्क यातायातको व्यवस्था गरेको छ । नेपाली कांग्रेसका युवानेता तथा महासमिति सदस्य रमेशकुमार महतको क्रियाशीलता र जिल्लाका स्थानीय तहहरूसँगको समन्वयमा फाउन्डेसनले सञ्चालन गरेको नि:शुल्क यातायात सेवाअन्तर्गत आज काठमाडौंका बौद्ध, महाराजगन्ज, सामाखुसी, माछापोखरी, नयाँबजार, कलंकी लगायत स्थानबाट झन्डै एक दर्जन बस नुवाकोट पठाइएका छन् ।
    लकडाउनसँगै लामो समय व्यापार, व्यवसाय र रोजगारी बन्द हुँदा काठमाडौंमा अस्थायी बसोवास गरिरहेका हजारौं नुवाकोटवासीको समस्या दिनानुदिन जटिल बन्दै गएको अवस्थालाई मध्यनजर गरी घर फर्किन चाहनेका लागि नि:शुल्क यातायातको व्यवस्था गरिएको कांग्रेस युवानेता रमेशकुमार महतले बताए । जनताप्रतिको उत्तरदायित्व वहन गर्ने सन्दर्भमा विगतदेखि नै आफू निरन्तर लागिपरेको स्मरण गर्दै नेता महतले जस्तोसुकै परिस्थितिमा पनि आफ्नो दायित्व पालनामा नचुक्ने प्रतिबद्धता व्यक्त गरे ।
    फाउन्डेसनका जिल्ला अध्यक्ष रमेशकुमार पाठकले यो विषम परिस्थितिमा जनतालाई राहत दिने कार्यमा राज्यले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको अवस्थामा आफूहरू जिल्लावासीको पीडामा मल्हम लगाउने प्रयासमा जुटेको बताए । मानवसेवाको कार्यमा आफू र संस्था निरन्तर लागिपर्ने उनको संकल्प छ । हामीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष पाठकले फाउन्डेसनको अभियानमा नैतिक वा भौतिक साथ/समर्थन दिने सम्पूर्णमा आभार प्रकट गरे ।
    फाउन्डेसनका जिल्ला उपाध्यक्ष शिव अधिकारी अविरलले गिरिजाप्रसाद कोइराला फाउन्डेसनले सबै जिल्ला र स्थानीय तहसम्म फैलिएका समितिहरूमार्फत देशैभर मानवसेवाको अभियान चलाइरहेको भन्दै कठिन घडीमा फाउन्डेसनको क्रियाशीलता अझै बढी रहने बताए । जिल्लावासीको जुनसुकै समस्यामा साथ-सहयोग पुर्याउन आफूहरू अहोरात्र खटिइरहेको स्मरण गर्दै अधिकारीले भविष्यमा पनि नुवाकोटको सेवामा उत्तिकै तदारुकताका साथ लागिरहने अठोट गरे ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु