सरकार देखेर धुरु धुरु रुन मन लाग्छ–कहाँ पोखु यो मेरो मनको बह ?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार १७:२४

अन्जना गुरूङ

नेपालमा महाभूकम्पको त्रास गएको छैन्। फेरि यो जीवनमा नै हामीले अर्को त्रास भोगिरहनु परेको छ। त्यो त्रास हो–महारोग कोरोनाको महात्रास। महाभूकम्पको त्रासमा घरवाट वाहिर निकाल्यो। यो महारोगको त्रासमा घरमा बन्दक नै बनाइदियो। स्वतन्त्र जीवनमा घरभित्रै कैद भएको पनि आजवाट ३५ दिन नाँघिसकेको छ। मरेर लानु केही छैन्। बाँचुञ्जेलीको लागि मात्र हो। महाभूकम्प र महारोग कोरोनाले यति धेरै मानिसलाई सबक सिकाइसकेको बर्तमान अवस्था रहेको छ। तरपनि, अझैपनि मानिस किन लोभलालच गरिरहेको छ ? यो कुरा मैलै अझसम्म बुझ्नै सकेको छैन्। मानिसलाई एकदिन मर्नुपर्दछ भन्ने सोच नै नभएकोले यति धेरै घमण्ड गरिरहेको हो कि भन्ने मलाई लागिरहेको छ। अर्कोतर्फ, महाभूकम्प र महारोग कोरोनाले सवैभन्दा बढी अपाङ्गता भएकाहरुलाई नै बढी सताएको छ। न त सरकारले दिएको राहत लिन जान सकेको छ। न सरकारले नै अपाङ्गता भएकाहरुको पीडा बुझ्न नै खोजेका छन् ? अपाङ्गता भएकाहरुको विडम्वना नै हो। उनिहरू रोगले होइन भोकले चाहिँ मर्छ होला भनिरहदा म पनि लाचार भएर सुन्न वाहेक विकल्प अरु केही छैन्। आज मलाई दुःख लागेर आउछ नेपालमा कोही भोको बस्नु पर्दैन र सव रोजगार हुन्छ नेपालीहरु भनेर प्रधानमन्त्रीज्यूको मिठा भाषणको याद आउंछ। संविधानमा गाँस–बाँस–कपासअनि शिक्षा–स्वास्थ जस्ता कुरा के कागजमा मात्रै सिमित भएको हो र ? जब उनीहरुको कुरा सुन्छु । उनीहरुका यस्ता फुस्रा कुरा सुन्दा मलाई हाँसो उठ्ने गर्दछ। लामो समय देखि यसै क्षेत्रमा रहेर काम गरिरहेको छु। अपाङ्गता भएको अवस्था हेरेर धुरुधुरु रुन मन लाग्छ। रुने ठाउँ पनि त छैन्।

प्रकाशन मिति–२०७७ साल बैशाख १५ गते सोमवार ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु