
हरेक नयाँ वर्ष
नयाँ उमङ्ग वोकेर आउँछ
भन्छन्नयाँ आशाको सञ्चार हुन्छ
नयाँ वर्ष
वसन्तको पुनरागमनको सन्देश हो
शुभ सङ्केत हो ।
(१)
खै के भन्नु
कसरि पत्याउनु
मेरो लागि शङ्का
आयुको एक वर्ष कम
अरुकोलागि खुसि भै दिनुपर्ने
मेरो लागि नयाँ वर्ष
खुसि भैदिनु पर्ने वाध्यता मात्र ।
(२)
आमा
मेरो उमेरमा आजदेखि
एक वर्ष कम भयो
अहिल्यै मृत्यूको रहर छैन
डर पनि छैन ।
(३)
सवै सक्ष्ँम भै सकेपछि
म हुनु र नहुनुमा कुनै अर्थ छैन
तर पनि जिजीवीषा र लालसा
अझै वाँकि छन्
अझै धेरै गर्न बाँकि नै छ
सय वषकी आमा
अप्सरा भन्दा कम छैनन्
काखमा सुत्ने धोको पुगेकै छैन
दश वसन्त कसरि गाए थाहै भएन
यो साठ्ठिऔँ वसन्त पार गरेको मात्र हो
यहाँ सम्म आइपुग्दा कसै संग दुखेसो छैन
फूल फुल्न बाँकि नै छ ।
(४)
यस्तै यस्तै तर्कनाले
मन अमिलो भै रह्यो
निन्द्रावाट ब्यूँझन मनै छैन
अझै सपनामा रम्ने
रहर मेटिएकै छैन
भैंचालो खेपियो
महामारी खेपियो
कैदि जस्तै घरभित्र थुनिनु पर्दा समेत
सपनाले लखेट्न छाडेन ।
(४)
एका विहानै
आमाले चिरञ्जिवी भएस्
आज तेरो जन्मदिन
के दिउँ खै भनेर पटुकि छाम्दा
आशिर्वाद भए पुग्छ आमा
भन्न पनि सकिएन ।
–आर्यालय


