मिलन न्यौपाने
अहिले विश्वभर कोरोना भाइरस (कोभिड–१९) को त्रास छ । सिङ्गो विश्व नै लकडाउनको अवस्थामा हुदा नेपाल पनि अछुतो छैन जसको कारण राजनीतिक, आर्थिक सामाजिक जीवन अस्तब्यस्त भएको छ । यसको प्रत्यक्ष असर शैक्षिक क्षेत्रमा पनि देखिएको कुरा प्रस्ट छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको शब्द सापटी लिएर भन्दा पनि तुरून्तै विद्यालय खोलेर पहिलाजस्तै शिक्षक र विद्यार्थी प्रत्यक्ष उपस्थित भई पठनपाठन गर्ने अवस्था छिट्टै छैन तर सिकाइ क्रियाकलाप तत्कालका लागि वैकल्पिक विधिबाटै सञ्चालन गर्नुपर्ने आजको अवश्यकता र बाध्यता छ । शैक्षिक सत्र २०७७ बैशाख महिनाको आधा आधि सम्म आइपुग्दा हामी अझै अन्योलमा छौ। समस्या त सबैले बतायौ तर समाधान सहितको समस्या बताउन असमर्थ भयौ। मामा नहुनु भन्दा कानो मामा नै बेश भने झैँ हामीले यस्तो संकटको बेला हामीसंग भएका श्रोत साधन प्रयोग गरेर सिकाइ क्रियाकलाप अगि सार्न सक्छौ। हामीले विश्वब्यापी महामारी विरुद्ध लकडाउनको अवस्थामा निम्न कुरा गरेर सिकाइ क्रियाकलाप तत्कालका लागि आगाडी बढाउन सकिन्छ।
१) एस.ई.ई., कक्षा ११ र १२ तथा विश्वविद्यालयका विद्यार्थीहरुलाई सम्वन्धित विद्यालय , टेलिभिजन , रेडियो जस्ता विद्युतीय संचारमाध्यमवाट दुरि शिक्षण सिकाइ प्रक्रिया अबलम्बन गराउने।
२) DeerWalk learning center ,Midas EClass अनलाइन एजुकेशन र विकल्पहरुका बारेमा सबैलाइ जानकारी गराउने
३) विपदको समय भएकाले परीक्षाको सट्टा आन्तरिक मूल्याकंन र अरु विधिबाट कक्षोन्नति गर्ने (एस.ई.ई को हकमा )
तत्कालका लागि वैकल्पिक विधि रहर हैन कर हो र अवसर पनि । विद्यार्थीहरु मुलुकका भविष्य हुन्। भविष्यका देशका मेरुदण्डलाइ सिकाइ प्रक्रिया रोकिनु हुदैन। तत्काल लकडाउनको अवस्थामा पनि शिक्षण सिकाइ प्रक्रिया वैकल्पिक विधि अपनाएर बिद्यार्थीहरुको भबिस्यको बारेमा सरकार जिम्मेवार एबम् सरोकार निकाय जिम्बेवार हुन जरुरी छ।