वैशाख १७, काठमाण्डौ । बिश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २ लाख १५ हजार ४ सय नाघेको छ ।
सन् २०१९ को डिसेम्बर अन्तिममा देखा परेको यो भाइरसका कारण मृत्यु हुनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।
चिनको वुहान सहरमा पहिलोपटक देखिएको कोरोना अहिले विश्वभरका २ सय १० देशमा फैलिएको छ ।
अहिलेसम्म यो भाइरसका कारण ३१ लाख १३ हजार संक्रमित भएका छन् । संक्रमितमध्ये करिब ९ लाख ४४ हजार ६ सय जना निको भएका छन् । उपचाररत करिब १९ लाख ५२ हजार ४ सयमध्ये करिब ५६ हजारको अवस्था भने चिन्ताजनक छ ।
कोरोनाले सबैभन्दा धेरै अमेरिकाका नागरिकको मृत्यु भएको छ भने संक्रमण पनि अमेरिकामा नै धेरै फैलिएको छ । अहिलेसम्म अमेरिकामा ५८ हजार १ सयभन्दा बढिको मृत्यु भइसकेको छ । त्यहाँ संक्रमितको संख्या १० लाख २४ हजार पुगेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १३ सय ४ जनाले ज्यान गुमाए भने १३ हजार ७ सय नयाँ संक्रमित थपिएका छन् ।
इटलीमा अहिलेसम्म २७ हजार ३ सय ५९ को मृत्यु भएको छ भने संक्रमितको संख्या २ लाख १ हजार ५ सय पुगेको छ । स्पेनमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २३ हजार ८ सय ८२ पुगेेेको छ । त्यहाँ संक्रमितको संख्या २ लाख ३२ हजार पुगेको छ ।
फ्रान्समा २३ हजार ३ सयभन्दा बढिको मृत्यु भइसकेको छ । त्यसैगरि बेलायतमा २१ हजार ४ सय ७१ जनाको मृत्यु भएको छ । फ्रान्समा १ लाख ६६ हजार र बेलायतमा १ लाख ६१ हजार संक्रमित छन् । छिमेकी मुलुक भारतमा पनि मृत्यु हुनेको संख्या ९ सय ३९ पुगिसकेको छ । भारतमा संक्रमितको संख्या २९ हजार ४ सय नाघेको छ ।