तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

प्राकृतिक अर्गानिक स्यानिटाइजर उत्पादन शुरूवात

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७७ बैशाख १७ गते, बुधबार १७:४६

काठमाडौं। कोरोनाभाइरसको संक्रमणवाट बच्न र बचाउन अर्गानिक स्यानिटाइजर उत्पादन गर्ने कार्य भएको छ। नवजीवन नियोग प्राकृतिक उपचार केन्द्र–गोठाटारकी संस्थापक सामाजिक अभियन्ता फिजियोथेरापिष्ट सुनिता भट्टराईको अगुवाईमा अर्गानिक स्यानिटाइजर उत्पादन गर्ने कार्य भएको हो।

काठमाडौंको कागेश्वर मनहरा नगरपालिका वडा नंबर ८ स्थित गोठाटारमा फिजियोथेरापिष्ट सुनिता भट्टराईको प्राकृतिक उपचार केन्द्रमा नै कर्मशील समाज नेपालको अगुवाइमा प्राकृतिक अर्गानिक स्यानिटाइजर उत्पादन हुन थालेको हो। दैनिक २० लिटर स्यानिटाइजर उत्पादन गर्ने गरेको जानकारी फिजियोथेरापिष्ट भट्टराईले न्युजलाइन्स नेपाल डटकमलाई दिएकी छन्।

अर्गानिक एल्लोबेराको प्रयोग गरेर बनाइएको प्राकृतिक स्यानिटाइजरले कुनै साइडइफेक्ट नहुने भएकोले सर्वसाधारणका लागि अतिउपयोगी भएको जिकिर फिजियोथेरापिष्ट भट्टराईको छ। मूलपानीमा रहेको कागेश्वरी मनहरा अस्पताल लगायत सर्वसाधारणहरुलाई निःशुल्क वितरण गरिएको यस प्राकृतिक स्यानिटाइजर हाललाई व्यापक मागलाई मध्यनजर गरेर सामान्य शुल्क लिएर वितरण गर्ने कार्य भएको पनि फिजियोथेरापिष्ट भट्टराईले भनेकी छन्।

यस प्र्राकृतिक स्यानिटाइजरले कोरोनाभाइरसको संक्रमणलाई केही हदसम्म भएपनि नियन्त्रण गर्न सहयोग गर्ने कार्य भएको अर्का थेरापिष्ट सरोज शर्माको दावी रहेको छ। थेरापिष्ट शर्माले स्यानिटाइजरको अभावको बेला घरैमा उत्पादन भएको अर्गानिक स्यानिटाइजर प्रयोग गर्नपनि अनुरोध गरेका छन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु