• ब्लडपलद्वारा आकस्मिक रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार २०:०८

    बैशाख १७, ललितपुर – रक्त व्यवस्थापन क्षेत्रमा बिगत साढे तीन बर्ष देखि सक्रिय रूपमा कार्यरत टिम ब्लडपलले आज विश्वभरी महामारी रुपमा फैलिएको कोभिड -१९ लाई मध्यनजर गरि समाजमा कुनै पनि व्यक्तिले रक्त अभावका कारण ज्यान जोखिममा नहोस भन्ने उद्देश्यका साथ ललितपुर इमाडोलको महालक्ष्मी – ३ स्थित “आकस्मिक रक्तदान कार्यक्रम” आयोजना गरियो ।

    उक्त कार्यक्रममा रक्तदाताहरु र स्वयंसेवकहरुलाई सामाजिक दुरी कायम गरी व्यक्तिगत सुरक्षालाई ध्यानमा राखी जम्मा ३१ जनाले रक्तदान गर्नुभयो।


    कार्यक्रमका संयोजक ब्लडपलका सक्रिय सदस्य श्रीमती सन्जु नापितद्वारा सम्पुर्ण रक्तदाताहरु, स्वयंसेवकहरु तथा ललितपुर रेडक्रस सोसाइटीलाई प्रसंशा स्वरुप धन्यवाद प्रकट गर्नुका साथै उपस्थित रक्तदाताहरुलाई लकडाउन सकेको लगतै प्रशंसा पत्र वितरण गर्ने जानकारी दिनुभयो।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु