कोभिड -19 , कोरनाले प्रभाबित भएपछि , प्रर्यटन क्षेत्रमा सोचिएको अनुकुल हुन सकेन, तर प्रर्यटन मन्त्रीको भुमिकाको चर्चा त्यस बिषयमा मात्र गर्दा , न त समबन्धित निकायलाई न्याय हुन्छ , न त हामी बिषय मुखारित हुन सक्छाै। सन:2020 सुरु हुनु भन्दा केही समय मात्र अगाडि प्रधानमन्त्री के. पी. ओलिको नेतूत्वमा पदस्थापन गर्ने माैका पार्प्त भयो । प्रर्यटन भ्रमर्ण बर्षको एतिहासिक घोषणा पहिल्यै भईसक्नु तर तयारीमा कमि र समयको अभाब , यो आफै सहज चाँहि थिएन । धेरै , प्रर्यटन क्षेत्रमा लाग्नी होनहार ब्यबसायीहरु समेत कसरी असफल बनाउन सकिन्छ, भन्ने प्रयाशमा थिए र हामी धेरै साथिहरू लाै बरबाद हुनि भईयो। भ्रमण बर्षलाई स्तगित गर्नु पर्छ कि भन्ने शुझाब भित्र भित्रै गरियो भने, बाहिर हामी सक्छाै , भन्नी मनोभाबना बनाई रह्याै । प्रर्यटन मन्त्री योगेश कुमार भट्टराईको कार्यकुशलताको दमले आखिर एकल्भयले जस्तो बाटो समाई छाड्यो। यो भन्दा र पडदाँ किन चाकरी गरिएको भनिएला वा साथीहरुले सोच्लान , सत्य न मर्छ, न मार्न कशैले सक्छ, यहि नै शासश्वत्व धु्र्बसत्य हो ।
बिश्व शारा सँसार कोरना भाईरसको माहामारीमा सन:2019 को डिसेम्बरबाट शुरु भयो , यो चाईनाको यूहानबाट शुरू भएतापनि , यस्को प्रकोप यस्तो सँग व्यापक भयो कि अहिले सम्म एक प्रकारले विश्व लक डाउनको स्तिथिमा छ ।यश अवधिमा प्रर्यटन मन्त्रीको जिम्मेवारी अझै बडि र छिनछिनमानै पोलेशी बनाउनी र परिआए स्तगित गर्नु पर्नि सम्मको अवस्था आए ,र शाह्रै सँयमता, अनुभब र जुझारुपन देख्ने र हेर्ने हामीले अवशर पायाै।उहाँले प्रर्यटन प्रर्बधनमा देखाउनु भएको , ईच्छा सत्तीले हाम्रा ब्यबसायमा आएका बुकिङ्ग बित्दो सिजनको र आउँदो सिजन : Sep- Dec:2020 को आशा लाग्दो र शायद उदेश्य अनुकुलको नम्बर भेटिने जस्तो देखिन्थे ।
उहाँको लगातारको क्रियाशिलता र प्रयाशले यसै अवधिमा प्रर्यटन बोर्डले सि.ई.यो र नेपाल बायुसेवा निगमले कार्यकारी अध्यक्ष पाउन सफल भयो । प्रर्यटन बोर्डमा सफल व्यापारी धन्नजय रेग्मी र नेपाल बायुसेवा निगमले सफल प्रशासक शुशिल घिमिरे ,उहाँ अाफैले सरकारी सेवामा रहेर काम गर्नु भएको अनुभब र नेपाल बायुसेवा निगमलाई शुझाब दिदाँ सँयोजकको भुमीका निभाउनु भएकोले , अहिले न त धन्नजय रेग्मीको बिषयमा हामी धेरै प्रत्रिक्रिया लेख्न सक्छाै न त शुसिल घिमिरको कुशलतालाई अहिलेनै प्रत्रिक्रिया दिने अवस्थामा छाै। हामी यस्को निरन्तर जोड घटाउमा रहने छाै । हामी उहाँहरुले गरेका प्रतेक कामहरुको डायरीमा टिपेर राख्ने छाै ।
मेराे यसै लेखबाट उहाँहरुलाई अनुराेध गर्न चाहन्छु , प्रर्यटन बोर्ड होस या निगम दुबैमा अशली शुझाव लिनुहोस । त्याहाँ तपाईहरु चारैतिरबाट बिचाैलियाको नजर बन्दमा पर्नु हुने छैन भन्ने मेरो पुर्ण आशा छ।प्रर्यटन बोर्डको प्रमोशन गर्नि तरिका र निगमले टिकट बेच्नि तरिका बारे अध्यन गर्नुहोस , थाेरै जसनकारी प्राप्त गर्नु भयो भने शायद तपाईहरुको नाम शिला लेखमा लेखिने छ र गलत हुन गयो भने हामी ब्यबसायी नै तपाईहरुलाई लखेटने छाै । तपाईहरुमा थोरै चुनाैति र धेरै अवसर छ , त्याहाँ तपाईहरुलाई सेलेब्रेटी हुन सरकारले पठाएका होईन , ध्यान रहोस। हामी तपाईहरु सँगनै छाै तर सुधारको आशा बिचलित हुँदै गए , यो देशकोलागी पनि शुभ अवसर हुने छैन ।
आज आएर प्रर्यटन क्षेत्र पुरै ध्वस्त र कोमामा छ मन्त्रीज्यू मैले हजुरलाई यश अवस्थाबाट छुटकारा पाउने शुझाव पनि ईलेक्ट्रोनिक माध्यमबाट पठाएको थिए , शायद हेर्नू भएको भए पक्कै केही न केही सुझाबको काम आउने छ। यो अवस्था कहिले सम्म रहन्छ , अहिले सम्म केही ठेगान छैन । अब , आउने केही बर्ष यस्लाई जोगाउने धर्म राज्यको हो । धेरै थरिका र धेरै किसिमबाट कतै भब्य र कतै पत्याउनै नसक्नि किसिमले लगानी भएका छन , त्यो अध्यन गर्नि जिम्मा राज्यको हो । याद रहोस , पर्यटन मन्त्रीज्यू ! हामी अहिले शुन्य स्तिथिमा छाै , लक्डडाउन खोलेको भोलिबाट बैङ्कका घण्टी बज्न , शुरु हुनेछ धान्न सक्नेले धान्न सक्नेछन , धान्न नसक्निले बाल बच्चा र परिवार सहित त्रिशुलीमा हाम्फल्नी अवस्था आउनु सक्छ , मलाई अचम्म लाग्छ , पर्यटन बोर्ड र सँघ सँस्थाका मालीकहरू नोक्सानको डाटा पठाउ भन्छन , यो भुकम्पले घर ढलेको अवस्था होईन , यसको सामाधान डाटा कलेक्सन बाट निक्लिन्छ भन्ने मलाई ईत्ती पनि बिश्वास छैन । यो तपाईहरुको टाईम अाेएस्ट भन्दा केही हुने छैन । पर्यटन बोर्डका सि. ई. योज्यू अहिले ईमिडेट पर्यटन मन्त्रालयले के गर्नु पर्छ? खाका तयारि अवस्थामा राख्नुस , तपाईले गरेका जस अपजस तपाईले लिनु पर्छ , पर्यटन मन्त्रीलाई आफ्नो कार्यकुशलतामा प्रस्न चिन्ह हुने काम र प्रचार तपाईबाट हुनु हुन्न ।
पर्यटन मन्त्रीज्यूले ! अहिले सम्म गर्नु भएको योगदान र उहाँको कार्यक्षमतामा प्रश्न गरेर समय खेर फाल्नि मान्छे , या त राजनैतिक प्रतिशोध शाध्न उन्मुख हो या त पत्रकारिताका पेड पापर्जिको व्यापार भन्दा केही हुन सक्दैन ।
अन्तयमा, केही राजधरानिया नजिकका र नव धनाडय सामन्ति बर्गले पर्यटनमा टार्भल र ट्रेकिङ्ग कम्पनीहरूलाई क्याटोग्राईज ( बर्गिकरण) गर्न लगाएर , साना ब्यापारीलाई बिश्वबजारमा सानो कम्पनिको ट्याग भिडाएर एकलाैटी बजारलाई होल्ड गर्नि कोशीशमा छन , मन्त्रीज्यू होश गर्नुहोला यो ब्यबशाय गरिबको घरको चुल्हो सल्काउने स्वरोजगार ब्यबसाय हो, तपाईको कार्यकालमा ईनिहरुका खुरापातीका कँकालका हड्डी बोकेर हिडने होईन , ध्यान दिनुहुन म शादर अनुराेध गर्दछु ।
लेखक: हरि भक्त श्रेष्ठ :बरिष्ठ पर्यटन ब्यबसायीका साथै नेकपामा सम्बद्ध हुनुहुन्छ ।