टाउको दुखेमा नवजिवनको मर्मथेरापी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार १७:०९

काठमाडौं, १८ वैशाख – लकडाउन अर्थात बन्दाबन्दी भएर घरमा नै बस्नुपर्दा कतिपयमा टाउको दुख्ने समस्या निम्तिएको हुन सक्छ । तर यसरी दिनभरि घर भित्रै बस्दा वाक्क हुनुभएको छ भने मर्मथेरापी तपाईंका लागि उपयोग सिद्ध बन्नेछ । किनकी फुर्सदका कारण तपाईं तनावमा हुनुहुन्छ भने समयको खपत गर्ने तथा शरिरलाई चंगा बनाउन मर्मथेरापी एक उपर्युक्त माध्यम बन्न सक्छ ।

लकडाउनको समयमा टाउको दुख्ने समस्यालाई सरल र सहज रुपमा मर्मथेरापीको माध्यमवाट उपचार गर्न सकिन्छ।घरैमा बसेर आफूले पनि यस मर्मथेरापीवाट उपचार गर्न सकिने कागेश्वरी–मनहरा नगरपालिका वडा नंबर ८ गोठाटार, काठमाडौं स्थित नव–जीवन प्राकृतिक निरोग सेवा केन्द्रकी सिनियर थेरापिष्ट सुनिता भट्टराईले बताएकी छिन् ।

प्राकृतिक रुपमा मर्मथेरापीको माध्यमवाट कसरी उपचार गर्ने भन्ने बिषय मा सिनियर थेरापिष्ट भट्टराईले भिडियो मार्फत जानकारी दिएकी हुन । ‘लकडाउनको बेला टाउको दुख्ने समस्याबाट ग्रसित जो कसैले पनि भिडियो रिपोर्ट हेरेरै आफै उपचार गर्न सकुन भन्ने उदेश्य हाम्रो छ’ भट्टराईले भनिन् । साथै उनले उपचार आवश्यक परेमा कागेश्वरी–मनहरा नगरपालिका वडा नंबर ८ गोठाटार, काठमाडौं स्थित नव–जीवन प्राकृतिक निरोग सेवा केन्द्रकी सिनियर थेरापिष्ट सुनिता भट्टराईलाई निम्न फोन नंबरमा कल गरेर संपर्क गर्न सक्नुहुन्छ–9845136551 ।
भिडियोका लागि तलको लिंकमा क्लिक गर्नुहोला

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु